×
Sign Up Support

Member Login

Forgot password?
विचार

लकडाउनले यहि सिकाउदै छ

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 1597 views
Perception Amir Singh

वास्तवमा सुखी जीवनकालागि आवश्यक्ताहरु थोरै छन् । हाम्रा धेरै रहरहरु त विज्ञापनले जन्माएका रहेछन् । पुंजीपतिहरुले यो संसारलाई आफ्नो कैदमा राखेका रहेछन् । यो लकडाउनले छोटो समयकालागि भएपनि संसारलाई स्वतन्त्र महसुस गराएको छ । पर्यावरणिय शुद्धता र शान्ती सर्वहाराको पहुचसम्म आइपुगेको छ । भोको पेटमै अलपत्र सयौं किलोमिटर पैदल यात्रा गर्नेहरु पनि जीवनको मुल्य परिवारसंग हुन पाउने सुखमा खोज्दै छन् । विश्व अर्थतन्त्र तहस नहस हुंदा प्रकृति सुन्दर बन्दैछ । कलकारखाना र रासायनिक भट्टिहरु बन्द हुंदा नदि र जमिन विष मुक्त हुंदैछन् । अहिलेका पुस्तालाई साच्चै भाग्यमानी मान्नु पर्छ, किनकी अहिले स्वच्छ हावा स्वास फेर्न पाइएको छ ।

 

पर्यावरणिय शुद्धताका लागि गरिने अरबौंको खर्च र चिन्ता प्रदुषण गर्ने उधोगपतिहरुको उधोग बचाउनका लागि गरिने ढोंग मात्र रहेछ । सामान्य जीपनयापनका लागि अत्याधिक रफ्तारपुर्ण यात्रा, हातहतियार सम्बन्धी उधोगहरु, परमाणु भट्टीहरु त आवश्यक नै रहेनछन् । ति त केहि साम्राज्यवादी सत्ताका पक्षधरहरुका हिमायती उधोगपतिहरुका सदैव अतृप्त शक्ति र तडक भडक जीवनको प्राप्तीका लागि मात्र रहेछन् । मानव स्वास्थ्य र पर्यावरण सबैका लागि घातक यस्ता उधोग र कलकारखानाहरुका कारण पो विशेष रुपमा पर्यावरणिय शुद्धता हरण भएको रहेछ । यसको दोष नियोजित रुपमा सामान्य मानिसहरुमा थोपरेर उनीहरुलाई दिग्भ्रमित पारिएको रहेछ ।

 

पुजीवादका हिमायतीहरुले गरको सबैभन्दा ठुलो छल त मानव प्रकृतिको रक्षक वा प्राणीमात्रको रक्षक भएको भनेको रहेछ । जंगलमा लुकेर बस्ने आदिवासीहरुलाई कसैले न गरिब न दुखी बताउन सकेका छन् । जंगली, असभ्य आदिवासी भनेर चिनाइएतापनि उनीहरु धेरै सन्तुष्ट र खशी छन् र प्रकृति संग उनीहरुको सन्तुलित सम्बन्धकै कारण उनीहरु बढि सुखी छन् । पुजीपतिहरुले गर्ने व्यापक प्राकतिक दोहन र प्रदुषणलाई नियन्त्रण गर्न सकेमा संपुर्ण मानव समाजबाट प्रदुषण, रोग, भोक र गरिबी जस्ता समस्याको समाधान प्रकृतिले नै उपलब्ध गराउन सक्छ ।

 

 

 

अबको संसार र अबको पुस्ता सायद धन कमाउने उधम भन्दा यि समस्याहरुको समाधान खोज्ने उधमतर्फ बढि आकर्षित हुनेछ । धनलाई उदेश्य नबनाई औजार मात्र बनाईनु पर्दछ । नाफा प्रकृतिसंग मानवको सम्बन्धको सुदृढिकरणमा खोजिनु पर्दछ । वाद, सिद्धान्त, व्यवस्थापनले लादिएको मानव सभ्यताको औचित्य संस्मरण हुंदो हो । मानविय समवेदना, प्रेम, मानव अस्तित्व र प्रकृति विचको सन्तुलनमा मात्र सुन्दर जीवन लुकेको छ । सुन्दर जीवन पैसामा नभई पर्यावरणिय शुद्धता, सिमित आवश्यक्ताहरु, परिवार र शान्तीमा रहेछ । सायद यहि सिकाउदै छ यो लकडाउनले ।