×
Sign Up Support

Member Login

Forgot password?
समाज

समस्याको चाङ र समाधानको उपाय

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 1720 views
Society

तपाई हामीलाई लाग्छ समस्याको चाङ छ । राजनीतिक, सामाजिक, आर्थिक समस्या । व्यक्तिगत समस्याको त के कुरा, त्यसको त कुनै महत्व नै भएन नि । हो हामी यहि बुझाईमा गलत छौं । वास्तवमा सबै समस्याको मुख्य जरो नै यहि, व्यक्तिगत समस्या हो ।

 

भिडियो हेर्नुहोस :

 


हामी आफ्नो निजी जिवन, आफ्नो परिवार, आफ्ना बालबच्चा, आफ्नो टोलछिमेकको बारेमा सोच्न छाडेर देशको राजनीतिक, आर्थिक, सामाजिक अझ विश्वकै समस्याले तनाव लिइरहेका र कतिपय अवस्थामा दिइरहेका हुन्छौं । र देश र दुनियाका यि महान समस्याहरुका अगाडि आफ्नो समस्याको समाधानको साटो त्यसलाई वेवास्था गरिरहेका हुन्छौं । ति व्यक्तिगत समस्यालाई बोझको रुपमा लिइरहेका हुन्छौं ।


एकछिन सोचौं त, यो देश भनेको के हो ? के वास्तवमा यो परिवार भन्दा माथि छ ? यो देशमा कति परिवारहरु छन् ? कति घरधुरीहरु छन् ? कति बालबलिका र कति किशोर किशोरीहरु छन् ? यदि ति प्रत्येक घरधुरीका परिवारका प्रमुख वा अभिभावकहरुले देश र दुनियका ति महान समस्याहरुलाई ध्यानमा रख्नुको साटो मात्र आफ्नो परिवार एवं बालबच्चाहरुको उनिहरुको सामाजिक व्यवहार, उनीहरुको जायज आवश्यक्ताहरु लगायतकाका विषयमा ध्यान दिएर उनिहरुको सुनौलो भविष्य प्रति जिम्मेवार भइदिए समस्याका एति धेरै चाङ आफै विस्तारै घटदै जानेछन् । एउटा असल माता तथा पिताले आफ्नो बच्चालाई राम्रो शिक्षा, स्वस्थ र अनुशासित बानि व्यवहार दिई उसलाई असल मानिस बन्न प्रेरित गर्नु पर्दछ तब मात्र ति माता पिताले आफ्नो बच्चाको राम्रो र सुनिश्चित भविष्य कोर्न सक्नेछन् । वास्तवमा एउटा अकाट्य सत्य के हो भने, जवसम्म मानिसको सोच इमान्दार हुंदैन उसको जिवन सुखी र सम्पन्न बन्न सक्दैन । भए भरका अनावश्यक सुविधा भोगेर मानिस सुखी र सम्पन्न हुंदैन, त्यो त दरिद्रताको भद्दा प्रस्तुती मात्र हो ।


समाज सदैव अध्यारोबाट उज्यालो तर्फ अघि बढिरहेको हुन्छ । संकिर्ण सोच हावि भएको समाजमा समस्याको थुप्रो हुन्छ र ति समस्या समाधानको प्रयासमा सम्पुर्ण समाज लागि रहेको हुन्छ । शिक्षित, इमान्दार र नेतृत्व क्षमता भएका व्यक्तिहरुले समाजका यि व्याप्त नकारात्मकताहरुको सामना गर्नुपर्दछ र त्यस्ता संकिर्ण र नकारात्मक सोचलाई परास्त गर्नु पर्दछ र त्यसको एउटैमात्र उपाय तर्क, सहानुभुति र प्रेम हो किनकी तर्क, सहानुभुति र प्रेमका माध्यमले मात्र त्यो नकारात्मक सोच परिवर्तन हुन सक्छ । आफ्नो परिवार, घर र छिमेकबाट यसको शुरुवात गर्नु पर्दछ । तब मात्र हामीले सोचेको जस्तो सुखी र सम्पन्न समाजको कल्पना यर्थात बन्नेछ ।