×
Sign Up Support

Member Login

Forgot password?
प्रविधि

सुचनाको महासंजाल वरदान कि अभिसाप ? तर्कको प्रयोग अनिवार्य ।।

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 1 YEAR AGO 1212 views
Technology

हाम्रा वरपर सुचनाका असंख्य स्रोतहरु सदैव क्रियाशिल भईरहेका हुन्छन् । टेलिभिजन, रेडियो, पत्रपत्रिका, जताततैको विज्ञापन र सुचनाको महासागर इन्टरनेट, यि सबै सुचना या जानकारीका स्रोतहरु हुन् ।

 

यति धेरै सुचनाहरु हामीलाई कत्ति धेरै सहजताले उपलब्ध भईरहेको छ है ? किन यति धेरै ज्ञान बांडेको होला, त्यो पनि कत्ति सजिलै ? प्रविधिले ल्याएको कस्तो राम्रो समय है ? भावनामा नबग्नुहोस, एकछिन विचार गर्नुहोस ।

 

हाम्रो रुची र चहाना अनुसार सुचना पैदा गरि वा तोड मोड गरि त्यससंगै विज्ञापन बेचिएको छ, प्रविधीले ल्याएको यो सहजताको दुरुपयोग गरि ।

 

टेलिभिजनमा समाचार भनिरहंदा बिचमा विज्ञापन आउंछ । त्यो विज्ञापनमा देखाइने वस्तु वा सेवा निकै राम्रो भनेर प्रचार गरिन्छ । Facebook चलाउनुहुन्छ, Facebook को News Feed भरि सुचनाहरु हुन्छन् । कसैको Selfie, कसैको personal opinion, कसैको निजी जीवनको महत्वपुर्ण घटनाहरु Share भएका हुन्छन् । अर्को एउटा कुरा विचार गर्नु भएको छ ? तपाईको दैनिक जिवन र सोच जस्तो छ, तपाईको News Feed मा त्यस्तै चिजहरु छरप्रस्ट हुन्छ । अर्थात कसैको News Feed हेरेर उसको रुची र चासोको विषय थाहा हुन्छ । Facebook ले यो सबै Track गरेको हुन्छ । तपाईको रुची, सोच, कृयाकलाप सबै । Facebook ले तपाईलाई तपाईको रुची अनुसारको विज्ञापन र सामग्री देखाउछ । Facebook ले तपाईलाई उसको विज्ञापनको ग्राहक बनाएको छ, आफ्नो सामाजिक संजाल Software चलाउन दिएर ।

 

अघि माथि भनिएको टेलिभिजनमा समाचार भनिरहंदा बिचमा विज्ञापन जति सत्य छ वा भ्रामक छ, Facebook मा देखिने चिज, विज्ञापन वा सुचना त्यस्तै हो । सुचनाको यो महाजालमा कसरी छुट्टयाउने सत्य र असत्य ? जायज र नाजायज ?

 

कत्ति धेरै पत्रपत्रिका छन् । कत्ति धेरै टेलिभिजनहरु छन् । हरेक पार्टी, विचार र समुहका लागि आफ्नै News Portal, पत्रपत्रिका, रेडियो, Youtube Channel, Facebook Page, कत्ति कत्ति । सबै विभिन्न चटपटा र मसालेदार समाचार, Breaking News का लागि लालायित । किन होला ? वास्तवमा यि सबै मिडिया का साधनहरुले बुझेका छन्, हामीलाई के मन पर्छ भनेर । प्रकृतिको मुहान नेपालमा किन खुल्दैन त National Geographic जस्तो Channel? जुन टेलिभिजन Channel खोले पनि समाचार । Social Media भरि पनि चटपटा र मसालेदार समाचार, अनि Breaking News । हामीलाई मनपर्ने चटपटा र मसालेदार समाचार, Hate Stories, राजनीतिक खिचातानी, Breaking News देखाएर, सबैभन्दा बढि दर्शक, श्रोता वा Reader तानेर मात्र विज्ञापन बेच्न उद्यत छन् धेरै जसो मिडियाका साधनहरु । दोष उनीहरुको मात्र हैन । हाम्रो पनि हो । हाम्रो सोच्ने र बुझ्ने तरिकाको हो । समाजको औषत रुची जस्तो हुन्छ त्यंहाको मिडियाको स्वरुप त्यस्तै हुन्छ ।

 

प्रविधीले उपलब्ध गराएको सुचनाको यो सहजताको फाइदा धेरै छ । तर उपलब्ध सुचनाका स्रोतहरुबाट व्यत्तिगत रुपमा आफुलाई फाइदा पु¥याउन तपाई आफै जिम्मेवार हुन आवश्यक छ । आजभोली कुनै ज्ञान हासिल गर्न, कुनै सिप सिक्न एकदम सहज भएको छ । लगनशिल भएर कुनै विषयमा अध्ययन गर्न चहानुहुन्छ भने Internet मा त्यस विषयसंग सम्बन्धित सबैथोक पाउन सकिन्छ ।

 

कुनै सुचना वा समाचारको सत्यता पनि परिक्षण गर्न सकिन्छ, आफ्नो रुची अनुसार । अध्ययनबाट प्राप्त ज्ञानका आधारमा तर्क प्रयोग गरि कुनै पनि समाचार वा जानकारी लाई परिक्षण गर्नुपर्दछ, त्यस विषयमा प्रतिक्रिया जनाउनु अघि । Facebook मा कसैले गरेको शंकास्पद, भ्रामक र उत्तेजना उत्पन्न गराउने समाचार वा सुचनामा प्रतिक्रिया जनाउनु अघि त्यसको सत्यता परिक्षण गर्नु पर्दछ । जे देख्यो, पढ्यो वा जे सुन्य त्यसको पछि लाग्दा तपाईको नीजि जीवन मात्र होइन सम्पुर्ण राष्ट्रलाई नै असर पर्दछ । प्रत्येक सुचनाको पछाडि राम्रो वा नराम्रो स्वार्थ लुकेको हुन्छ । हाम्रो समाजमा सायद नराम्रो स्वार्थ बढि होला किनकी हामीलाई त्यस्तै खबर मनपर्छ । चारैतिर नराम्रो सुचनाबाट वाक्क भएका छौ भने कारण यहि हो । नेताले जनता भांड्यो, जनता जनता बिच फाटो ल्यायो, भ्रष्टाचारीले देश खत्तम बनायो भन्न तपाईले पाउनु हुनेछैन यदि तपाई जे देख्यो, पढ्यो वा जे सुन्य त्यसको पछि लाग्नु भयो भने । तपाईले बुझेका, नबुझेका, चाहिने, नचाहिने, सत्य वा असत्य नबुझेका सुचना वा खबरमा देखाएको अज्ञान प्रतिक्रियाका कारण नै यो वर्तमान भोगिएको हो ।

 

गाह्रो छ सुचनामा लुकेको सत्य वा असत्य पत्ता लगाउन । आफुलाई आवश्यक सुचनामा मात्र प्रतिक्रिया दिन थालेमा यो समस्या नै पर्दैन तर कुनै कुनै चासोको विषयमा प्रतिक्रिया दिन अघि आधिकारिक सुचना जान्न जरुरी छ । कुनै कुनै विषयमा प्रतिक्रिया जनाउन अघि आफुमा भएको विवेक प्रयोग गरि तार्किक परिक्षण आवश्यक छ । विवेक पुग्दैन भने ज्ञानका लागि आवश्यक अध्ययन गर्नु पर्दछ । ज्ञान जति भयो तार्किक क्षमता उतिनै बढ्ने हो ।

 

तर्क अर्थात Logic का विषयमा केहि प्रस्तुत गर्न चहान्छु :

तर्क अंग्रेजीमा “Logic” ग्रिक शब्द Logos बाट आएको हो । जसलाई प्रायजसो “sentence”, “discourse”, “reason”, “rule” र “ratio” को अर्थमा अनुवाद गरिन्छ । तर आजभोली “Logic”  लाई यि शब्दहरुका अर्थका रुपमा मात्र बुझिदैन । तर्क भनेको कुनै पनि विषयलाई बुझ्नका लागि सो विषयसंग सम्बन्धित भई को, कहिले, कंहा, किन अदि प्रश्न गरि विचार गर्नुनै तर्क हो । ज्ञानले कुनै पनि विषयका बारेमा प्राप्त उत्तर सहि हो वा गलत हो भन्ने कुरामा निर्णायक भुमिका खेल्दछ । हाम्रो ज्ञानलेनै बताउंछ हामीलाई कुन तर्क मान्य छ वा मान्य छैन भनेर । तर्कलाई कारणहरुको खोजको मनोविज्ञानसंग झुक्किनु हुंदैन अर्थात Logic is not the psychology of reasoning.

 

तर्कको सिद्धान्त :

तर्कका बारेमा अध्ययन गर्दा सबैभन्दा महत्वपुर्ण विषय के हो भने तर्क कुनै पनि वादविवाद (arguments)  को सत्यता परिक्षण गर्ने सिद्धान्त हो । अर्थात Logic is the principles governing the validity of arguments whether certain conclusions follow from some given assumptions.

उदाहरणका लागि तलका arguments लाई विचार गर्नुहोस :

  • मध्ययुगका कुनै पनि राजासंग आफ्ना जनता माथि सम्पुर्ण नियन्त्रण हुंदैनथ्यो ।
  • फ्रान्सका लुई सातौं मध्ययुगिन राजा थिए ।
  • त्यसैले, फ्रान्सका राजा लुई सातौंसंग आफ्ना जनता माथि सम्पुर्ण नियन्त्रण थिएन ।

अब यो हेर्नुहोस :

  • कुनै पनि “A”, “B” हैन
  • “C”, “A”  हो
  • त्यसैले “C” “B” हैन ।

यसमा जुनसुकै परिघटना राख्नुहोस त्यो argument valid हुनेछ ।

 

तर्कका बारेमा केहि विद्धानहरु बताउंछन् :

“[Logic is] ... the name of a discipline which analyzes the meaning of the concepts common to all the sciences, and establishes the general laws governing the concepts.”

Alfred Tarski (1901-1983). From his Introduction to logic and to the methodology of deductive sciences, Dover, page xi.

 

“To discover truths is the task of all sciences; it falls to logic to discern the laws of truth. ... I assign to logic the task of discovering the laws of truth, not of assertion or thought.”

Gottlob Frege (1848-1925). From his 1956 paper "The Thought : A Logical Inquiry" in Mind Vol. 65.

 

यंहा तर्कका बारेमा बताईनुको प्रमुख कारण यति मात्र हो कि हरेक सुचना, जानकारी वा समाचारमा तपाईले प्रतिक्रिया जनाउनु अघि त्यसको सत्यता परिक्षण आवश्यक छ । अनौठो, अचम्म, असाध्यै पिडादायी, उत्तेजनात्मक, यस्ता खबर, सुचना वा Facebook Post हरुमा react गर्नु अघि एकपटक पक्कै विचार गर्नुहोला ।

 

कुनै नेताले बताएका वा बताएका भनिएका कुराहरुको सत्यता परिक्षण गर्नुपर्छ । कसैको कथन वा भनाईका पछाडि लाग्नु अघि सोच्न आवश्यक छ, यो भनाई वा कथन सत्य छ कि छैन वा यस कथनको पछाडि लाग्दाको नतिजा के हुन्छ भनेर । सुचनाको यो महासंजालमा तर्कको प्रयोग अति आवश्यक छ । तर तर्क गर्नु अघि विषयसंग सम्बन्धित आधारभुत ज्ञान आवश्यक छ किन की ज्ञान विना तर्क संभव हुदैन ।

 

तपाईको यो सजगताले तपाईको नीजि जीवनमात्र नभई विश्वलाईनै सकारात्मक प्रभाव पार्नेछ ।

समान सामग्रीहरु