आमा हौ तिमी
6 YEARS AGO
1365 views
यात्राको तिमि थालनी जग थलो स्रस्टा र संचारिका धर्तीका सब प्राप्तिका पनि तिमी सर्वोच्च सम्मानित आस्थाकी ढुकुटी विराट जननी सौभाग्यकी मन्जरी आमा हौ तिमी लोककी सुखधरा सन्तानकी कुन्डली बोकी गर्भभरी सजाइ सपना रोजै नवै मासमा राखी कल्पसरी अगाध मनले संसारको गर्तमा दीयौ जन्म असाध्य कस्ट कति भो!के सक्छु त्यो तिर्न म? आमा!त्यो रिण तिर्न सक्दिन म ता, को सक्छ यो जन्ममा?? रचनाकारको फेसबुक प्रोफाईलबाट