×
Sign Up Support

Member Login

Forgot password?
समाज

चिकित्सक देवता कि सैतान ? नेपालको स्वास्थ्य क्षेत्रका समस्याहरुका कारण र समाधानका उपायहरु :

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 742 views
Society Npr.org

नेपाली समाजमा हरेक वर्गका अभिभावकहरुमा आफना बालबालिकालाई भविष्यमा डक्टर बनाउने अभिलाषा लगभग सामान्य जस्तै हो । प्राय सबै अभिभावकहरुका लागि यो एउटा ठुलो सपना हो । तर डक्टर गोविन्द केसीको सत्याग्रह, अस्पतालहरुमा भएका तोडफोड, डक्टरहरुमाथि भएको हुलहुज्जत, गाली गलौज त्यसैगरी केहि डक्टरहरुले आफनो नीजी लालसाका लागि कसैको अंग बिक्री गरेका समाचारहरु, मेडिकल कम्पनीहरुको प्रलोभनमा परी केहि डक्टरहरुले गर्ने ओषधी रिफरलका कुराहरु, केहि नीजी अस्पतालहरु सेवा मुखी भन्दा पनि नाफा मुखी भएको आरोपहरु यस्ता घटनाहरु वा समाचारहरुले चिकित्सा पेशाकै गरिमा धरासायी भईरहेको छ ।


कुनै पनि पेसा आफैमा सहि वा खराब हुँदैन । समुदायको एउटा आवश्यक्ता वा समस्या समाधानका लागि पेशाको जन्म भएको हुन्छ । चिकित्सा क्षेत्रका पेशाकर्मीहरुले पनि समुदायका केहि विशिष्ट आवश्यक्ताहरुलाई सम्बोधन गरेका हुन्छन् । चिकित्सकहरुले मानव शरिरमा आइपर्ने विभिन्न समस्या तथा रोगहरुको पहिचान गरि ति रोगहरु निदानका लागि हामीलाई सहयोग गरिरहेका हुन्छन ।


एउटा जैविक प्रणाली, मानव शरिर रक्त संचार प्रणाली, पाचन प्रणाली, उत्सर्जन, स्वासप्रश्वास, अस्थिपंजर, मांशपेशी, इन्डोक्राइन, प्रतिरोधात्मक, इन्टेगुमेन्टरी, लिम्फेटीक र प्रजनन प्रणालीको सजीव पुंज हो । यि विभिन्न प्रणाली र यि अन्तर्गतका विभिन्न अंगहरुमा आइपर्ने विभिन्न रोगजन्य वा प्रक्रियागत समस्याहरुको निदानका लागि चिकित्सकहरु तथा सम्पुर्ण स्वास्थ्य क्षेत्रको आवश्यक्ता हुन्छ ।


स्वास्थ्य सेवाको सबैभन्दा महत्वपुर्ण र स्क्लिड काम भनेकै डक्टरहरुको हो । मेडिकल डक्टर्स पनि एक पेशाकर्मी नै हुन । हाम्रो अपेक्षा भने अलिकति अनौठो छ । डक्टर्स हाम्रा लागि कि देवता हुन कि त हाम्रा आफन्तको ज्यान लिने सैतान । Janaki Medical College Journal of Medical Sciences (2017) मा उपलब्ध तथ्यांक अनुसार नेपालमा एक जना डक्टरको भागमा १७२४ जना बिरामीहरु पर्छन । नेपालमा भौगोलिक आधारमा डक्टरहरुको Distribution एकदमै अनुचित छ । काठमाण्डौंमा एक जना डक्टरको भागमा ८५० जना बिरामीहरु पर्छन भने ग्रामीण क्षेत्रमा १ जना डक्टरको भागमा १ लाख ५० हजार जना पर्छन । नेपालको स्वास्थ्य क्षेत्रको अस्तव्यस्तताको यो एउटा मुख्य कारण हो ।


त्यसैगरी स्प्रिङ्गर लिंकमा अक्टोबर २०२० मा प्रकाशित छवीलाल रानाभाट, राधा सुवेदी तथा सुजित कर्णद्धारा सन् २०१६ देखि २०१९ सम्म गरिएको अनुसन्धान प्रतिवेदनमा स्वास्थ्य विमामा आवद्धताको दर क्रमश कुल जनसंख्याको १%, ५%, ९% र ११% पाइएको थियो । स्वास्थ्य विमाको कभरेजबाट आवद्धता भंगको दर भने सन् २०१६ देखि २०१८ सम्ममा क्रमश ६७%, ४४% र ३८% रहेको थियो । स्वास्थ्य बिमामा एकदमै न्युन सहभागीता तथा आवद्धता भंगका प्रमुख कारणहरुमा आवश्यक औषधीको उपलब्धता नहुनु, स्वास्थ्य कर्मीहरुको अनुचीत व्यवहार, विमितहरुलाई तोकिएको अस्पताल वा स्वास्थ्य चौकिमा उपचारमा खटिएका स्वास्थ्य कर्मीहरुद्धारा उदासिन व्यवहार र विमितहरुलाई ति स्वास्थ्य कर्मीहरुद्धारा निजी स्वार्थका लागि आफ्ना नीजि क्लिनिकहरुमा उचित सेवा तथा परामर्शको विकल्प दिने कार्य रहेको उल्लेख छ ।


स्वास्थ्य सेवा आफैमा निकै महँगो क्षेत्र हो । नेपाल जस्तो राष्ट्रका लागि यस क्षेत्रमा सहजता सुदृढिकरण निकै चुनौतिपुर्ण हुन सक्छ । कुनै पनि राष्ट्र चाहे त्यो जति सुकै विकसित होस, त्यँहा स्वास्थ्य क्षेत्रको विकास तथा उचित व्यवस्थापनका लागि स्वास्थ्य बिमा एउटा मजबुत कडि हो । अमेरिका जस्तो सम्पन्न नागरिकहरु भएको राष्ट्रमा समेत विना स्वास्थ्य विमा उपचार गराउनु भनेको निकै महँगो कुरा हो ।


इन्भेष्टमेन्ट बोर्ड नेपालले प्रकाशित गरेको हेल्थ सेक्टर प्रोफाइल २०१७ अनुसार, सन् २०१४ मा मात्र सरकारी र निजी क्षेत्र गरी कुल १ अर्ब US$ स्वास्थ्य सेवामा खर्च भएको थियो । जुन नेपालको कुल ग्राहृस्थ उत्पादनको ६% थियो । सन् २०१३ मा नेपालले ९ करोड ५४ लाख US$ बराबरको स्वास्थ्यसेवा सम्बन्धी वस्तुहरुको आयात गरेको थियो ।



प्रस्तुत आँकडाबाट के बुझ्न सकिन्छ भने नेपालको स्वास्थ्य क्षेत्र को व्यवस्थापन निकै कमजोर र फितलो छ । सरकारी तथा निजी अस्पतालहरुमा स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सिधै बिरामी र अस्पतालबिच कुनै उचित प्रणाली बिनै कारोबार भईरहेको छ ।


यि विभिन्न कारणहरुले गर्दा लथालिङ्ग स्वास्थ्य क्षेत्रमा सबैभन्दा अगाडी देखापर्ने डक्टर तथा नर्सहरुमाथि उचित सेवाका आकांक्षी तथा अधिकारी सर्वसाधारणहरु आक्रोशित पनि छन् र सम्पुर्ण खराबीहरुको दोषी यिनै डक्टर तथा नर्सहरुलाई देख्छन् । उता डक्टर तथा नर्सहरु भने नेपालमा बसेर काम गर्नै अप्ठ्यारो भईरहेका महसुस गर्दैछन् र देश छोड्न बाध्य हुँदैछन् जुन हाम्रो समाज तथा सिंगो राष्ट्रका लागि निकै दुर्भाग्यपुर्ण कुरा हो ।


केहि चिकित्सकहरु खराब हुनु भनेको यो सम्मान योग्य सम्पुर्ण पेशानै खराब हुनु होइन त्यो व्यक्तिगत खराबीमात्र हो भन्ने कुरा बुझन जरुरी छ । समस्या डक्टर, नर्स तथा बिरामीहरुबीच मात्रको होइन, समस्याको वास्तविक कारणहरुद्धारा सबैभन्दा प्रभावित र पिडित पक्ष चाँहि डक्टर, नर्स तथा बिरामीहरु हुन ।


सायद भगवान ति डक्टरहरु हुन जसले कठिन परिस्थितीमा पनि हर तप्काका आफ्ना बिरामीहरुलाई उत्कृष्ट सेवा दिरहेका छन् । सायद यस्ता भगवान डक्टरहरु कैंयन होलान हाम्रो समाजमा । डा भगवान कोइराला, डा सन्दुक रुइत, डा उपेन्द्र देवकोटा, डा अन्जनी कुमार शर्मा, डा भोला रिजाल, डा बसन्त पन्त, डा गोविन्द केसी लगायत अन्य धेरै धेरै हाम्रा नजिकैका । हामी लगायत हाम्रो परिवार आफन्तलाई कैंयन निराशा तथा अप्ठ्यारा परिस्थितिबाट पार लगाएका भगवान जस्ता डक्टर । जँहा भगवान हुन्छन् त्यँहा सैतान पनि पक्कै हुन्छन । सम्पुर्ण स्वास्थ्य क्षेत्रको खराब तथा कमजोर व्यवस्थापनमा आफ्नो पेशागत धर्म तथा Hippocratic Oath लाई वेवास्ता गरि नीजि गलत स्वार्थकालागि एकदमै गलत गर्ने केहि डक्टरहरुका कारण सम्पुर्ण पेशाकै सम्मानमा ठुलो आघात पुगिरहेको छ । स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन हुन सकेमा भगवान जस्ता डक्टरहरुमा पनि आफ्नो नीजि जीवनका लागि केहि थप समय मिल्थ्यो होला र वँहाहरु अझ थप प्रभावकारी र सन्तुष्ट बन्न सक्नुहुन्थ्यो भने सैतान जस्ता डक्टरहरु पैदा नै हुन पाउने थिएनन ।


यि समस्याहरुको समाधानको नेतृत्वको जिम्मा पक्कै पनि सरकारको हो तर यसमा साझेदारी गर्नुपर्ने सरोकारवालाहरु भनेको अस्पताल संचालक, विमा कम्पनी, नागरिक समाज, स्वास्थ्यकर्मी पनि हो । संवेदनशिल स्वास्थ्य क्षेत्रको समस्या समाधान तत्कालको आवश्यक्ता हो । जति समय लम्बिदै जान्छ त्यति असहज परिस्थिती सिर्जना हुँदै जानेछ । सेवामा जुटनु पर्ने हात र मन आन्दोलनमा होमिन दिनु हुँदैन । कुनै पनि बिरामी उपचार नपाई मर्नु हुँदैन । सबै सरोकारवालाहरुको सक्रिय सहभागिता तथा सजगता बाट अपेक्षाकृत समाधान संभव छ ।

 

Watch Video: