फुटपाथको जीवनले मानव भएकोमा पश्चाताप गराएको अनुभव बटुलेका एक सहासी युवकको कथा
Sushmita Aryal
मानवसेवा आश्रमको काठमान्डौं शाखा कार्यालयमा सेवाको लागि आएको केहिदिन, लगभग त्यस्तै दश बाह्र दिनको परीक्षण काल पार गरेपछि म नियुक्ति लिन मुख्य कार्यालय हेटौंडा पुगे । मानवसेवा आश्रमको मुख्य कार्यालय परिसस पुग्दा एउटा अनौठो अनुभव मन भरी भयो । त्यँहा मैले केवल मानवमात्र भएका अनेकौ अनुहारहरु देखँे र महसुस गरे । ति अनुहारहरु जात, वर्ण र धर्मसंग आवद्ध थिएनन । सामाजिक बन्धनमा बाँिधन अयोग्य ति अनुहारहरु केवल मानव मात्र, जीवित मानव मात्र, एक प्राणी मात्र । ति मुहारका गहिराईमा म एक अवोध तर उत्सुक बालिका सरह टोलाईरहे । उनिहरुका अवस्थाका बारेमा जान्न म झनै उत्सुक हुन थाले । सेवामा नयाँ भएको कारण मेरा जिज्ञासा मेट्न म आफ्नै मनका भावमा बग्न थाले । हेटौंडा मुख्यालयमा एक दिनको बसाई सकिएपछि म काठमान्डौं फर्किए । काठमान्डौ वनस्थली रानीवन शाखामा नियुक्ति पछि काममा व्यस्त हुन थाले । तिनसय भन्दा बढि मानवको लागि खाने बस्ने क्षमता भएको म कार्यरत यस शाखामा सेवा गर्ने साधक साधिका पनि पर्याप्त नभैसकेको र भौतिक निर्माण कार्य पनि भइरहेकोले मैले गर्ने सेवाहरु पनि प्रसस्तै थिए । तर व्यस्ततामा पनि ति मुहारका गहिराईहरुले मलाई बोलाईरहे । मेरा उत्सुकता ति गहिराईहरुसंगै गहिरिदै गईरहेका थिए । आश्रमको सेवा त म जसरी पनि जहाँ रहेर पनि गर्न सक्छु । अब घर पुगेर बुबाको सेवा गर्ने रहर छ ।” उनी हौसीदै थप्छन् – “ अनि दिदी ! गाँउमा त बुबाले पढाउनु भएको स्कुलमा सबैले चिन्छन् होला नी मलाई” । अनि मुस्कुराँदै अमित भन्छन् – “ चिनेपछि त जागिर दिन्छन् कि भन्ने कुरा नि दिदी” । अमितमा नँया जीवनको आशा भरी उसलाई यस्ता जोशिला कुरा गर्न सक्ने बनाएको मेरो कर्मथलो मानवसेवा आश्रमलाई कोटी कोटी नमन । अमितका आँखामा देखिएका भविष्य प्रतिको चिन्ता र परिवारलाई दिने सुखको सपनाका लागि आश्रमले उनको पढाईमा गरेको सहयोग र साथको लागि सलाम । केहि मनकारी मनहरुका सहयोगले सहयोगापेक्षि जीवनहरुमा ल्याउन सक्ने परिवर्तन अमुल्य हुन्छ । मानवसेवा आश्रमले २०७८ साललाई सडक सहयोगापेक्षी मानव मुक्त नेपाल बनाउने अभियान संचालन गरिरहेको छ ।
ति मानवहरुले सडक पेटिमा हुँदा भोगेका अमानवीय व्यवहारहरुको अनेकौ कथा प्रत्येक दिन मेरो मन मस्तिष्कमा नाच्न थाले ।
हाल आश्रममा रहेका सहयोगापेक्षि मानवहरु मध्येमा अमित भाईको नाम धेरैको मुखबाट सुन्न थाले । सहकर्मी साथीहरुले मलाई अमितको कथा धेरै पटक सुनाइसकेका थिए तर म अमितकै मुखवाट उनले भोगेका भोगाईहरु सुन्न चाहान्थे । तर मनमनै त्यो वार्तालापको सम्भावनाका बारेमा चिन्तन गर्न थाले । उनि पहिलेको भन्दा धेरै परिवर्तन भै सकेका छन् । अमित अहिले पूर्णरुपले सक्षम छन् । मैले उनका पुराना यादहरु दोहो¥याउदा ति यादहरुले उनलाई आहत पो पर्छकी भन्ने कुरामा म संयमित थिए ।
धेरै सोचेपछि मैले अमितलाई मेरो अफिस कोठामा आउनको लागि आग्रह गरे । बोलाउने बित्तिकै दिदी म आए भन्दै मेरो टेवल अगाडि आईपुगे अमित । कुराकानीको सामान्य औपचारिकता पुरा गरेपछि मैले उनलाई आग्रह गरे, “भाई म तिम्रो बारेमा केहि कुराहरु जान्न र बुद्मन उत्सुक छु के तिमिसँग मेरो लागि थोरै समय छ ?” अमितले मेरो आग्रहलाई निकै सहजताका साथ लिइदिए, मनमनै म उ प्रति कृतज्ञ भए । हामी पाँच तले भवनको छत माथि गफ गर्न गयौं ।
आश्रमका अन्य आश्रीतहरुलाई खाना खुवाउदै अमित
अमितको परिचय :
आमा महेश्वरी कुमारी बम र बुबा सीताराम बमका माइला छोरा अमितको जन्म २०४८ साल पुस चौध गतेका दिन सुदुरपश्चिम डोटिको केदार अखडा भन्ने ठाँउमा भएको हो । एक दाजु र दुई बहिनीका बिचमा हुर्केका अमितको बालापन अभावमै वित्यो । धेरै सन्तानका बुबा, गाँउकै प्राथमिक स्कुलमा नेपाली पढाउने शिक्षक एक्लैको कमाईले सबैको तालमेल मिलाउन गाह्रो भएकैकारण अमित पढाईको लागि आफ्नो काकाको घर गए ।
काका पनि शिक्षकनै हुनुभएकोले पनि अमितलाई पढाई प्रति रुचि थियो । अमितले काकाकै सहयोगमा क्याम्ब्रीज इङलीस बोर्डिङ स्कुल धनगढि कैलालीमा पाँच कक्षा सम्म पढ्ने मौका पाएका थिए । राम्रो पढ्ने अमित अरु साथीको उमेरका तुलनामा अलि बढि उमेर भएका कारण प्राथमिक तह बाट सिधै कक्षा आठमा भर्ना भए । सानै देखि पढाईमा लगाव भएका उनले राधाकृष्ण मा.वि. डोटि बाट प्रथम श्रेणिमा फलामे ढोका एसएलसी पासगरे । छोराको पढाई बाट खुसी हुनुभएका बुबाले नै अमितलाई क्याम्पस पढ्न काठमाण्डौं पठाउनु भयो । क्याम्पसको पढाई :
काठमान्डौंमा उनले आइएस्सी गरे र कामको खोजीमा लागे । पढाईमा अब्बल विद्यार्थि भए पनि विरानो शहरमा उनलाई चिन्ने र सहयोग गर्ने कोहि थिएनन् । सोचेको जस्तो काम पाउन नसकेका अमित जीवन धान्नकै लागि होटलमा भाडा माझ्न थाले । सुरुसुमा पैसा पठाउने बुबाले पैसा पठाउन छोड्नु भयो । पैसाको अभाव र खाने बस्ने ठाँउको ठेगान हुन छोडे सँगै अमितको सडक जीवन शुरु भयो ।राजधानीको बसाई :
बुबाको पठाउने पैसाको आशाहरु मलिन हुँदै गए । धमिलिएका आफ्नै पाइतालाका डोवहरु पक्षाउदै उनि होटलमा भाडा माझ्ने काम गर्न थाले कहिँले चौंध घण्टा त कहिले सोह्र घण्टा । भाडा माझ्दा उनलाई खान र बस्न त जेनतेन पुग्थ्यो तर पढ्नको लागि पैसा उनले कमाउन सकेनन् । पढाई छुट्यो घर परिवार सँगको सम्पर्क पनि विस्तारै घट्दै र पछि हट्दै गयो । कहिले वर्ष दिन त कहिले छ महिनामा मात्र घरमा फोन सम्पर्क गर्थे उनि । बुबाले हालखवर सोध्नुहुँदा आफू कहिले गाईगोठ त कहिले सडक पेटिमा सुत्छु भन्न चाहेन उनको मनले र सरल तरिकाले घरकालाई ढाटिदिन्थे उनि । अनि भन्ने गर्थे म त ठिक छु आराम छु तपाईहरु सञ्चैले बस्नुस् है ! घरकालाई यो थाहा थिएन कि उनि भाडा माझ्न नसकेको दिन होटलबाट निकालिए । जाने ठाँउ र सहारा कहि नदेखे पछि उनि भगवान बस्ने घर, मन्दिर पुगे । भगवानको शरणमा ।
काठमान्डौंको बुढानिलकण्ठ मन्दिर जहाँ दिनहुँ हजारौ श्रद्धालुको भिड लाग्छ । निर्जीव भगवानको मुर्तिमा सबैले भेटि चढाउथे, फलफूल चढाउथे, परेवालाई दिने चामल अमित सुत्ने पेटि भरि छरेर जान्थे अमित र उनका भोगाई अदृश्य भईदिन्थे ति धार्मिक आँखाहरुमा । अमितलाई मानव भएकोमा पीडा हुन्थ्यो, परेवा वा मुर्ति भएका भए अमितको भोगाई सायद पिडादायी हुने थिएनन् । भोक, रोग, तिरस्कार, अदृश्य अस्तित्वले अमितलाई मनोरोगी बनायो ।मानवसेवा आश्रमको उद्धार :
२०७६ साल माघ १२ गतेका दिन मानव सेवाआश्रमले नेपाल प्रहरी मार्फत अमितको उद्दार ग¥यो । उनको फारममा उनको थर मानव राखिएको छ भने उनको उद्धारको कारणमा सहयोगापेक्षी बेसहारा, अशक्त, अनाथ, असहाय, अभिभावकविहिन भई खुला आकाशमुनी कष्टपूर्ण जीवन विताउन विवश भनि उल्लेख गरिएको छ । आश्रमको रात्रीकालीन सडक सेवाको क्रममा उनको उद्धार गरीएको हो । सुरुवाति दिनहरुमा अमितका क्रियाकलापहरुका बारेमा आश्रमका उद्दार प्रमुख रामकृष्ण श्रेष्ठ बताउछन् – “ अमित कपडा समेत लगाउन नमान्ने, औषधी खान नमान्ने, खाली नबस्ने घमण्डी स्वभावका थिए । ” एकछिन सम्झदै फेरि बताउछन्, रामकृष्ण श्रेष्ठ – “ अमित धेरै काम गर्थे तर उल्टो, उनलाई हेरचाह गर्न धेरै कठिन थियो” ।
अहिल यसरी राम्रो सँग कुरा गर्ने े अमितको थर किन मानव राखिएको हो त भन्ने मेरो प्रश्नमा विगत चार वर्ष देखि आश्रमकै सेवामा तल्लीन साधिका मन्जु आचार्य बताउनुहुन्छ – “ उद्धार भएको शुरुका दिनहरुमा अमित कसै सँग पनि बोल्दैन थिए । अमित अहिले यसरी कुरा गर्ने भएकोमा आश्रमका साधिकाहरु सबै दंग छन् । अमित एक वर्ष सम्म केहि नबोल्दा उनको बारेमा केहि पनि खोजी गर्न सकिएको थिएन । अब पहिलेको जस्तो कहाँ हो र, अहिले अमित त आश्रमले उपलब्ध गराएको औषधीको नियमित सेवन गर्छन । आफ्नो अध्ययन निकै मन लगाएर गर्छन्” । अमितका सपनाहरु :
अहिले अमितको दैनिकीमा विहान स्वअध्ययन, आश्रमका अन्य आश्रीतहरुका लागि चिया नास्ता बाड्ने, सरसफाई गर्ने, क्याम्पस जाने अनि आफ्नो लागि कामको खोजी जस्ता कृयाकलापहरु पर्दछन् । उनका केहि आफ्नै सपनाहरु पनि छन् । विज्ञान संकायको स्नातक तहमा पहिलो वर्षमा यहि वैशाख महिना बाट भर्ना भएका अमितलाई अब आफ्नो पढाई पुरा गरी आफ्नै गाँउको विद्यालयमा मा.वि. सम्म पढाउने शिक्षक बन्ने ठूलो धोको छ । राजधानीमा बस्न मन छैन भन्ने मेरो प्रश्नमा उनि जोसिदै उत्तर दिन्छन् – “जागिर पाए त बस्थे नि । गाँउबाट जे परे पनि आउँने यहिँ नै हो । म भनेर कति आफन्तहरु आउनु हुन्थ्यो होला ? हुन त आश्रममै पनि मेरो लागि धेरै सेवाहरु छन् ।