×
Sign Up Support

Member Login

Forgot password?
समाज

जीवन गाथा अनि पारस र संगिता

Sushmita Aryal
Sushmita Aryal 2 YEARS AGO 912 views
Society Sujita Gurung

पारश श्रेष्ठ बिवाह पछिको दुई वर्ष परिवार सँगै बिताएपछि तिन महिने काखे छोरा छोडेर १८ वर्षको उमेरमा परिवारकै लागि विदेश गए । मलेशियामा स्टेशनरीको सामान प्याकिङको काम भनेर गएका पारश गर्नै नसक्ने काममा पठाउन लागेको थाहा पाए पछि साथीहरु सँगै कंपनि छोडेर भागे । पासपोर्ट साथमा नभएका कारण जीवन अझै कष्टकर बनेको सम्झन्छन् उनी । लुकिछिपी होटलमा काम गर्थे । लुक्दै काम गरेको झन्डै दुई वर्षपछि मलेशियाली प्रहरीले उनलाई पक्रियो । मलेशीयाको सोवाईन जेलमा दुई वर्षको दुःख उनी जीवनभर भुल्न नसक्ने बताउछन् , “हामीलाइ कोर्राले हान्थे, जेलमा प्लास्टिक मात्र ओछ्यान हुन्थे, नुन खान पाईदैनथ्यो, ट्वाइलेटकै पानी पिउनुपथ्र्यो, घरमा कुनै सम्पर्क गर्न पाईदैंनथ्यो” । मलेशियाकै एक सामाजिक संस्थाको सहयोगपछि पारस जेलमुक्त भएका थिए । अर्को जीवन पाएको जस्तो महसुस गरेका पारस आफ्ना परिवारसंगको मिलनको कल्पनामा हराउन थाले । विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगले उनी नेपाल आइपुगे । काठमाडौंबाट उनी नेपालगंज पुगे जँहा उनका परिवारलाई छोडेर उनी मलेशिया गएका थिए । 

 


नेपालगञ्जको भाडाको घरमा पुग्दा उनले त्यहाँ आफ्ना बुबाआमा, दिदी, बहिनी, श्रीमति र छोरा जसलाई छाडेर गएका थिए, कसैलाई देखेनन् र उनी र उनको परिवार बसेको घरमा त अरु नै बसिसकेका रहेछन् । घरबेटिले बताएपछि थाहा पाए, आमाको क्यान्सरका कारण र श्रीमतीको कालगतीले मृत्यु भईसकेको रहेछ । उनका दिदी, बहिनी, छोराको बारेमा पनि कुनै जानकारी वा ठेगाना पाउन सकेनन् । अचनाक आई परेको यस्तो बज्रपातका कारण आत्महत्याको विचार पनि आएको थियो उनलाई । 

 


नेपालगञ्ज छोडेर काम गर्नका लागि उनि काठमाडौं आए ।  होटलको काम अनि ज्यामी काम गरेर काठमाडौं आएको लगभग ४ महिना भईसकेको थियो । त्यहीबिच कोरोना महामारी सुरु भईसकेको थियो । उनको रोजीरोटि गुम्यो । उनी सडकमा जीवन बिताउन बाध्य भएका थिए । लकडाउनको समयमा केहि मनकारीहरुले विभिन्न ठाउमा निशुल्क खाना खुवाईरहेका थिए । नयाँ बसपार्कमा पारस पनि लाईन लागेर खाना खान थाले । बिहान र बेलुकाको खाना खाने समय निश्चित थियो बाँकि समय सडक पेटीमै बितिरहेको थियो । त्यसरी खानाखाने क्रममा नै उनले आफुजस्तै दुखी र असहाय संगिता बस्नेतलाई भेटे । आफ्नो परिवारसंग भारतमा रहँदा उन्नाई वर्षको उमेरमा विधवा बन्न पुगेकि संगिताकोे छ वर्षिय छोरी पनि छिन्, उनको गाँउ गाईखोर गोरखामा । उनकी छोरीलाई उनकी आमाले हुर्काइरहेकि छन् । उस्तै उस्तै भोगाई र परिवार नभएका र परिवारसंग टाढा भएका कारण पारस र संगिताको नियमित भेट विस्तारै प्रेममा परिणत भयो । 

 

तस्विर: सुजिता गुरुङ

 


२०७७ चैत २० गते मानव सेवा आश्रमकी सह संयोजक नविना सिटौलाको अग्रसरतामा संगिता र पारस दुवैको उद्धार गरियो । आश्रममा आएपछि उनिहरुमा एक भिन्न आत्मशक्तिको संचार भएको छ । उनीहरु दुवैमा जीवनका नँया आसा र भरोसा महसुस भएको स्पष्ट देखिन्छ । पारसले परिवार पाएका छन् भने संगिताले आफुलाई बुझ्ने अनि माया गर्ने श्रीमान र आफ्नी छोरीको पिता पाएकी छन् । 

 


समय र परितस्थतीको भोगाईले मानिसमा  निकै परिवर्तन गराउँछ । सडक पेटिको जीवन अकल्पनिय छ । मानवसेवा आश्रमको उचित मागदर्शन, हेरचहा र मायाले कुलतमा समेत परेका पारस र संगितामा अहिले निकै सकारात्मक परिवर्तन आएको छ । पारश र संगिता दुवै आश्रममा धेरै भन्दा धेरै सेवा गर्छन । र उनीहरु अहिले आश्रममै खुशी छन् । लकडाउन पछि पारस र संगिता गोरखा गएर आमा र छोरीको हेरचहा गर्ने र कर्मठ जीवन बिताउने बताउछन् ।