×
Sign Up Support

Member Login

Forgot password?
समाज

डराएको अनि पवित्रता गुमेको प्रेम

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 771 views
Society Photo By Ylanite Koppens From Pexels

 

प्रसंग


कोहि कसैलाई मनैदेखि प्रेम गर्छ । उक्त भाव उ भित्रै दविएको छ । उ डराउछ । माया बदनाम छ, तर उ त उसलाई हेर्न पाउंदा पनि पुल्कित हुन्छ, मख्ख हुन्छ तर उ उसलाई हेर्न डराउछ । उ अनि उसको पवित्र प्रेम बिच पुरुष र महिलाबिच चिथोरिएको, निचोरिएको, कुटिएको डरलाग्दो सम्बन्धमात्र चर्चित छ । कहिं कतै कुनै पुरुषले कुनै महिलालाई गरेको असिम मायाका बारेमा उसले सुनेकै छैन । न उसले आफनो पिताले आफनो आमालाई न त आफनो दाईले आफनो भाउजुलाई माया गरेको देखेको छ । महिला र पुरुष विच संस्कार र सस्कृतिको नाममा स्थापित शोषित र शोषकको सम्बन्धले सुन्दर प्रेमलाई कुरुप बनाईसकेको छ तर उसले यसरी सोचेको छैन । उ यसरी सोच्नै सक्दैन । उ त उसलाई फुलमा मात्र टेकाउन चहान्छ । बादल पारी डुलाउन चहान्छ । अंगालोमा मात्र बाँधिरहन चहान्छ । मात्र माया गरिरहन चहान्छ ।

 

सायद उसको बुवाले उसको आमाका बारेमा र उसको दाईले उसको भाउजुको बारेमा यसरी नै सोचेका हुन सक्छन तर यि सोच उनीहरु आफैले विर्सिसके । बुवाले आमालाई कुनै समयमा गरेको असिम माया समाजले पचाएन कि ? सायद उनलाई जोइ टिङ्गरे पो भनेकि ? समाजले बलजफती बुवालाई शोषक र आमालाई शोषित बनायोकि ? बुवाले पनि विरोध गर्न सकेनन तब त आमाले बुवालाई किचकिच गर्न थालिन अनि विस्तारै विस्तारै टाढा, टाढा निकै टाढा पुगिन र बुवा पनि बाहिर बाहिर बरालिन थाले, समाजले कोरेको पुरुषको चित्र भित्रै मात्र पर्ने गरि । बुवाले पनि त्यहि बुझे आमाले पनि त्यहि स्विकारिन । घरमा दाई भाउजु पनि विस्तारै बुवा आमा जस्तै हुंदैछन । भाउजु निन्यारो भईरहन्छिन । दाइ फकाउन खोज्छन अनि भाउजु झर्किन्छिन तर फेरि सायद त्यहि अलिकति बचेको मायामै चित्त बुझाउन भएपनि रिस लुकाउछिन, पिडा दबाउछिन अनि मुस्कुराय जस्तो गर्छिन अनि दाई, “आईमाइको जातै यस्तै हो धेरै भाउ दिनुहुन्न”, भन्दै हाँक्दै हिँडछन तर भित्र भित्रै भाउजुको शुरुवाती प्रेम र स्पर्शप्रति लालायित हुन्छन र त वास्तविकता भन्दा कल्पनामा भाउजुलाई माया गर्छन । यो समाजले माया र प्रेमको घाँटी यसरी धेरै अघिदेखि निमोठिरहेको छ । पुरुषलाई दबाबमा आक्रमक बनाईरहेको छ र महिलालाई पिडित बनाइरहेको छ । परिवारको सानको नाममा, संस्कृतिको नाममा, सायद धर्मको गलत बुझाईको नाममा, आदि इत्यादि नाममा ।

 

तर उ, उ त भर्खरै पहिलो प्रेमको भावना महसुस गर्दैछ । उसलाई उसको जस्तो प्रेम माया यो भन्दा अघि कसैको लागेको थिएन । उ भित्रको प्रेम बेलाबेला भयभित हुन्छ । डराउछ उसको प्रेमको भाव बताईदा बदनाम पो हुने हो कि । उसकी उ पनि बुझछ यि सबै भावना तर चारैतिर बदनाम र चिथोरिएको, निचोरिएको, कुटिएको डरलाग्दो प्रेमका बारेमा मात्र सुनेकि उ डराउछे ।

 

तथ्याङ्क


वर्ष २०१९/२० मा नेपाल प्रहरीद्धारा उपलब्ध तथ्याङ्क अनुसार २,१४४ बलात्कारका घटनाहरु त्था ६८७ बलात्कार प्रयासका घटनाहरु घटेका छन् । वर्ष २०१९/२० मा वर्ष २०१८/१९ भन्दा बलात्कारका घटनाहरुमा केहि कमि देखिएतापनि वितेका २ वर्षमा अघिल्ला वर्षहरुभन्दा बलात्कारका घटनाहरुमा निकै वृद्धि भएको देखिन्छ ।

 

नेपालमा बलात्कारका घटनाहरु

वर्ष बलात्कार संख्या बलात्कार प्रयास
२०१९/२० २,१४४ ६८७
२०१८/१९ २,२३० ७८६
२०१७/१८ १,४८० ७२७

 

बलात्कार र त्यससंग सम्बन्धित घटना वर्ष २०१९/२०

 

  • अपहरण अनि बलात्कार — ३४
  • बलात्कार अनि हत्या — २
  • बलात्कार अनि हत्याको प्रयास — २

बलात्कार र त्यससंग सम्बन्धित घटना वर्ष २०१८/१९

 

  • मानव तस्करि तथा बलात्कार — १५
  • अपहरण अनि बलात्कार — ४७
  • बलात्कार अनि हत्या — ११
  • बाल विवाह तथा बलात्कार — ३

 

तस्वीर: स्कन्द गौतम dw.com


हालसालैका वर्षहरुमा सार्वजनिक स्थलहरु, विषेशगरि सार्वजनिक यातायातहरुमा यौन र्दुव्यवहारका घटनाहरुमा पनि निकै वृद्धि भएको पाइएको छ । गत वर्ष काठमाण्डौमा मात्र प्रहरीले १,०८५ जनालाई नियन्त्रणमा लिएको थियो भने ३१२ जनाका विरुद्ध यौनजन्य दुव्र्यव्यहारको आरोपमा मुद्धा दायर गरिएको थियो ।

 

समाधानका उपाय


महिला र पुरुषको समानता र समस्याहरु समाधानका लागि कत्ति धेरै समाचार, लेख, कार्यक्रमहरु आइरहन्छन तर मैले अहिले सम्म समस्यालाई दण्डित गर्ने, चर्को विरोध गर्ने बाहेक समाधानका विषयलाई लिएर व्यापक चर्चा परिचर्चा भएको खासै सुनेको छैन । वास्तवमा धेरै कहालिलाग्दो अवस्था बनाईसकेछौ हामीले हाम्रो समाजलाई फोस्रो ढोंगको नाममा, गलत चलनका नाममा ।

 

समस्या प्राय हरेक परिवारको दैनिक जीवनशैली, व्यवहारिक सोच, बुवा आमा, दाजु भाउजु बीच रहेको सम्बन्धको प्रकृति, अन्य पारिवारिक सम्बन्ध वा चलनमा रहेको छ । मलाई त लाग्छ धेरै युवा युवती विदेशिनुमा सामाजिक कुरीतिहरु पनि जिम्मेवार छन् । कतिपय त यि दबाब र घुटनबाट मुक्त हुन र स्वतन्त्र जीवन विताउन पनि विदेशिएका हुन्छन् ।

 

जँहा घुटन हुन्छ त्यँहा विस्फोट अवस्यंभावी हुन्छ । गलत चिजको विरोध गर्नु पर्छ र त्यसलाई दण्डित गर्नै पर्छ तर यि सब गरिरहँदा यि समस्याको दिर्घकालिन समाधान पनि खोजिुनु पर्छ । अन्यथा विरोध र सजायका बावजुद पनि समस्याहरु विकराल हुँदै जानसक्छन । यि समस्या समाधानका लागि राज्यको वा कुनै आयोगको मुख ताक्नु पर्दैन । तपाई हामी आफै सजग भई यस्ता विषयहरुमा सकारात्मक विचार विमर्शहरु गरेमा र आफनै परिवारबाटै शुरु गरेमा यि समस्याहरु आफै समाधान हुँदै जानेछन ।

 

सृष्टिले पुरुष र महिलालाई एक अर्कालाई प्रेम गर्दै एक अर्काको सहयात्री बनी व्यक्तिगत लक्ष्य प्राप्तिका लागि सहजता होस भनि बनाएको हो । दुवै समान र एक अर्काका लागि अभिन्न छन् ।

 

अब के हामी र हाम्रो समाजले उसको पवित्र प्रेमलाई फक्रने मौका दिन सक्ला ? के उसकी प्रियतमाले उसको पवित्र प्रेमलाई विना कुनै डर वा संकोच स्विकार गर्न सक्ने सुरक्षित अवस्था सिर्जना हुन सक्ला ? यि सबै Concern हरु हाम्रो सोच तथा व्यवहारले निर्धारण गर्नेछन् ।

 


जाँदा जाँदै सम्पुर्ण सच्चा प्रेमीहरुका लागि - 

 

“Love will find a way through paths where wolves fear to prey.”


— Lord Byron

 

 

“I love you not because of who you are, but because of who I am when I am with you.”


— Roy Croft