हाम्रो शिक्षा प्रणालीमा तर्क, निर्णय, जीवन स्तरोन्नती जस्ता विषय विचको दुरी किन ?
Nelson Mandela बताउछन् “Education is the most powerful weapon which you can use to change the world” । अर्थात शिक्षा संसार परिवर्तन गर्न सक्ने सबैभन्दा शक्तिशाली अस्त्र हो । शिक्षा क्षेत्रमा गरेको लगानी तथा उक्त लगानीमार्फत अपेक्षा गरिएको नतिजा हासिल गर्नुको महत्व के सम्पुर्ण सरोकारवाला निकाय, खटिएका कर्मचारीहरु, शिक्षणसंस्थाहरु, शिक्षकहरु, अभिभावकहरुले बुझेका वा महसुस गरेका छन् त ? डिक्सनरी डटकममा शिक्षाका बारेमा लेखिएको पहिलो परिभाषामा “तजभ बअत यच उचयअभकक या ष्mउबचतष्लन यच बअत्रगष्चष्लन नभलभचब िपलयधभिमनभ, मभखभयिउष्लन तजभ उयधभचक या चभबकयलष्लन बलम वगमनmभलत, बलम नभलभचबििथ या उचभउबचष्लन यलभकभाि यच यतजभचक ष्लतभििभअतगबििथ ायच mबतगचभ षिभ।” भनि उल्लेख गरिएको छ । अर्थात शिक्षा भनेको विषयगत सामान्य ज्ञानको प्रसारले तर्क र निर्णय गर्ने क्षमताको विकास गर्ने तथा सामान्यतया कसैलाई व्यवस्थित जीवनका लागि बौद्धिक तवरमा तयार गर्ने प्रक्रिया नै शिक्षा हो । के हाम्रो शिक्षा प्रणालीमा तर्क, निर्णय, जीवन स्तरोन्नती जस्ता विषयको उठान गरिएको छ त ? अमेरिकन इन्स्टिच्युट अफ रिसर्च तथा नेशनल इन्स्टिच्युट फर रिसर्च एण्ड ट्रेनिङ्गले प्रकाशित गरेको नेपाल एजुकेशन सेक्टर एनालिशिश प्रतिवदेनमा नेपालको शिक्षा क्षेत्रको कमजोर गुणस्तरका कारणहरुमा मुख्य रुपमा प्रणालीगत कारकहरु, शिक्षण शैली तथा सिकाइ कारकहरु रहेको उल्लेख गरिएको छ । यसका उदाहरणका रुपमा नेपाली भाषा सिक्नका लागि शिक्षण तथा सिकाइका लागि अपर्याप्त समय उपलब्ध गराइएको, अपर्याप्त सुपरिवेक्षण, अनुगमन तथा शैक्षिक सहायता, शिक्षकहरुको व्यवसायिक विकासमा समस्या, शैक्षिक दायित्वप्रति उदासिनता, सिकाई तथा नतिजामा केन्द्रित मुल्याङ्कन नहुनु, शिक्षक अनुसारका निर्देशन, पढाइ तथा सिकाइमा बुझने बुझाउने दृष्टिकोण भन्दा पनि रटाउने तरिकाको अवलम्वन तथा उपयुक्त कक्षा कोठाको व्यवस्थापन नहुनु रहेको बताइएको छ । परिवर्तनका लागि गरिएको भनिएको वर्ग संघर्ष, आन्दोलन र त्यागबाट प्राप्त पुर्ण स्वतन्त्रता र राज्य सत्तामा जनताको सिधा पहुँचलाई स्थापित गर्दै जेठ १५, विक्रम सम्वत २०६५ मा जन निर्वाचित संविधान सभाले नेपाललाई संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा ग¥यो । असल शिक्षाले मात्र स्वतन्त्रता र निरंकुशता बिचको फरकलाई तर्क संगत तरिकाले छुट्याउन सक्छ । असल वा जीवनोपयोगी शिक्षाका बारेमा हुनुपर्ने यति सामान्य जानकारीमा समेत हामी अहिले सम्म पछाडी पर्नु भनेको निकै दुर्भाग्य पुर्ण छ । असल शिक्षाले मात्र इमान्दारीतानै सबैभन्दा उत्कृष्ट नीति हो भन्ने कुरालाई तर्कसंगत ढंगले प्रमाणित गर्न सक्छ । सामान्य नागरिकका कुरा त छाडौ ठुला ठुला पदमा रहेका, गह्रो र ठुला ठुला प्रमाणपत्र बोकेकाहरु समेत आफ्नो इमानबाट डगमगाउदा हामीले राष्ट्रिय तथा पारिवारिक स्तरबाट शिक्षामा गरेको लगानी र मेहनत सहि दिशा तर्फ रहेछ त भन्ने सम्बन्धमा ठुलो प्रश्न खडा गरेको छ र यसले शिक्षा र असल शिक्षा बिचको फरक नेपाली सन्दर्भमा छर्लङ्ग पारेको छ । असल शिक्षाको सुरुवात कुनै नीति निर्माताको कार्यालय कक्षमा भन्दा पनि साना साना नानी बाबुहरु पढाइने साना कक्षाकोठाहरुबाट सुरु हुन्छ । नीति निर्माण तहमा बसेकाहरुले भने ति साना कक्षाकोठाहरुमा असल शिक्षाको सुरुवातका लागि आवश्यक योजना निर्माण तथा ति योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि चुस्त प्रणालीको विकास र व्यवस्थापन इमान्दार भई गर्नु पर्दछ । साना साना बालबालिका, किशोर किशोरी तथा अध्ययनरत युवा युवतीको जीवनमा सबैभन्दा महत्वपुर्ण भुमिका खेल्ने शिक्षक, शिक्षिकाहरुको उचित तालिम तथा हर तहका शिक्षण पेशालाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आउन अत्यावश्यक छ । हर तहका शिक्षक, शिक्षिकाहरुलाई ःयतष्खबतभ गर्ने जिम्मा राज्य र विधालय व्यवस्थापनको हो । शिक्षण पेशामा आवद्ध हुन विषयगत जानकारी मात्र पर्याप्त नभई प्रभावकारी तथा प्रेरक व्यक्तित्व हुनुपर्ने आवश्यक्तालाई अनिवार्य रुपमा लागु गराइनु पर्दछ । शिक्षण पेशामा आवद्ध हुनका लागि आकर्षक सुविधाहरुको व्यवस्था राज्य तथा समाजिक स्तरमै सुनिश्चित गराइनु पर्दछ । अभिभावकहरुले पनि यस्ता विषयमा विशेष चासो राख्दै अनुगमनकारी भुमिका खेल्न आवश्यक छ । Listen this Article in SoundCloud: https://soundcloud.com/swadeshsandesh/for-good-education-in-nepal
नेपालमा पारिवारिक तथा राज्य स्तरमा शिक्षाका लागि हामीले धेरै लगानी गर्दै आइरहेका छौ । सरकारी स्कुल जँहा पढाइ पनि खासै राम्रो नहुने र विधार्थीहरु पनि अनुशासित नहुने भन्ने मानसिकताका कारण निजी स्तरमा लगानी गर्न सक्ने अभिभावकहरुले एकदमै अनुशाशित र राम्रो ग्रेड ल्याइदिन सक्ने नीजि विधालयहरु छानेका छन् । विधार्थीहरुको प्रगतीलाई अंग्रेजी भाषाको निपुर्णता र जसरी भए पनि प्राप्त गरिएको राम्रो ग्रेडका आधारमा मुल्याङ्कन गरिने एउटा डरलाग्दो र खराब होड चलिरहेको छ । अधिकांस शिक्षक, विधालय, अभिभावक र सिंगो समाजनै घोकाइ र अंग्रेजी भाषाको निपुर्णताका पछाडि अन्धो दौड दौडिरहेको छ । लाग्छ हाम्रो समाजलाई असल कलाकार, शिक्षक, चित्रकार, संगितकार, खेलाडी, फोटो ग्राफर, पत्रकार तथा अन्य यस्तै कौशलहरुको आवश्यक्ता नै छैन । सबैजना राम्रो ग्रेड, अंग्रेजी भाषा र डाक्टर, इन्जिनियर मात्र चाहिरहेका छन् । सबैभन्दा महत्वपुर्ण प्रश्न त के हो भने कसैलाई शिक्षाद्धारा आफ्ना सन्तती वा विधार्थीलाई सबैभन्दा पहिला त असल, जीम्मेवार र स्वावलम्बी नागरिक बनाउनु पर्छ भन्ने कुराको चासो वा भनौ जानकारी नै छैन । असल शिक्षा प्राप्त जीम्मेवार र स्वावलम्बी नागरिक जुनसुकै पेशामा भएपनि समाजलाई महत्वपुर्ण योगदान दिइ सुखी र सम्पन्न जीवन बिताउन सक्छ भन्ने कुरा हामीले सायदै बुझेका छौं तर यो बुझ्नु अत्यावश्यक छ किनकी हामीले हाम्रो समाज तथा राष्ट्रका लागि खोजेका परिवर्तनकोे आधारशिला यहि बुझाइमा समाहित छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयको विधालय क्षेत्र विकास योजना वि. सं. २०७३÷०७४ — २०७९÷०८० मा उल्लेख गरिए अनुसार नेपालले शिक्षा क्षेत्रमा गरेको लगानीबाट राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकास गर्ने लक्ष्य राखेको छ । त्यसैगरी नागरिकलाई उत्पादनशील जीवन बिताउन आवश्यक पर्ने जीवनोपयोगी सीपको विकास र सिकाइको अवसर प्रदान गर्दै सक्षम र समावेशी जनशक्तिको विकासद्वारा मुलुकको आर्थिक तथा सामाजिक विकासमा सहयोग पु¥याउन एवम् विद्यमान विभेदहरू कम गर्दै जाने लक्ष्य रहेको छ । नेपाललाई सन् २०३० सम्ममा अति कम विकसित मुलुकबाट मध्यम आय भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने उद्धेश्यका लागि समेत शिक्षा क्षेत्रमा गरिएको लगानीलाई महत्वपुर्ण कडिका रुपमा लिइएको छ ।
नेपालको संविधान २०७२ ले शिक्षालाई सम्पुर्ण नागरिकको मौलिक अधिकारका रुपमा परिभाषित गर्दै निशुल्क अनिवार्य आधारभुत शिक्षा तथा माध्यमिकस्तर सम्मको शिक्षालाई निशुल्क गर्ने उल्लेख गरेको छ । अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ ले संवैधानिक व्यवस्थालाई व्यवहारमा लागु गर्न मार्ग प्रशस्त गरेको छ । शिक्षालाई नीतिगत रुपमा उच्च प्राथमिकतामा राखेको नेपालले हरेक वर्ष कुल राष्ट्रिय बजेटको लगभग १५ प्रतिशत खर्च गरिरहेको छ ।
राज्यले अपेक्षा गरेको सामाजिक–आर्थिक रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकास गर्ने किसिमको शिक्षणको शुरुवात भएको छ त ?
परिवर्तनका लागि राजनीतिक बदलाव महत्वपुर्ण पक्कै हो । जनतालाई सर्वोच्च स्थानमा राख्ने यो व्यवस्था अहिले सम्मकै उत्कृष्ट व्यवस्था हो । केहि व्यक्तिहरुको असक्षमता अहिलेको राजनीतिक व्यवस्थाको दोष होइन । यो व्यवस्थाले परिवर्तनका सबै द्धारहरु खोलेको छ । तर परिवर्तनलाई मुर्त रुप दिनका लागि सबैभन्दा महत्वपुर्ण पक्ष भनेको शिक्षा हो । तर शिक्षालाई घोकेर, सारेर नबुझिकनै हासिल गरेको प्रमाणपत्र मात्रका रुपमा बुझिनु सरासर गलत हुनेछ । नेपालमा हालसम्म शिक्षामा गरिएको लगानीको अनुपातमा अपेक्षित परिवर्तन हासिल गर्न नसक्नुको प्रमुख कारणहरु मध्यमा असल शिक्षालाई भन्दा प्रमाणपत्रलाई बढि प्राथमिकता दिने परिपाटी पनि एक हो ।
परिवर्तनका मार्ग प्रशस्त गर्दैमा परिवर्तन आउदैन । परिवर्तनलाई जनता समक्ष पु¥याउने एउटैमात्र माध्यम भनेको असल शिक्षा हो । शिक्षाको स्रोत केवल विधालयमात्र होइन । सिंगो समाज पनि हो । त्यसैले परिवर्तनका आँकाक्षी हामी सबैले असल शिक्षा के हो भनि बुझन अत्यावश्यक छ र त्यसै अनुरुपको व्यवहार गर्नु आजको प्रमुख आवश्यक्ता हो ।
Watch Video: