पातालको सुस्केरा !
बाबा शैल बनेर ठिंग उभिंदा आमा बनी पंजर माया काव्य बनेर मर्म भरियो काया हुँदै जर्जर छोरा नाति विदेशमा कति घरै बस्ने बिरानो भए औंसी आउंछ पर्व जिस्कन भनि नाता भतुवा बने चीवे गाउंछ की उसै गरि अझै मैना चरि रुन्छ की हे निस्ठूर जहान सन्तती भनि आंसु खसाल्दो छ की वर्षाले पनि भन्छ कि अब झरि के अर्थ साउनको लाठे देख्दिन कोही खेत बझियो के अर्थ आउनको? कुदला रेल छुकु छुकु गढी मुनी पैसा पनि आउला पैसाका गठरी बनाई उसमा माया कंहा लाउला? पीलो पाक्दछ भीत्र सुस्क दिलमा टन्किन्छ बल्किन्छ नी सम्झी ती दिन बित्छ रात नसुती माता पिताका पनि घोडा गाडी समस्त द्रव्य घरमा भान्छा भरि जे सुकै होला टन्न तथापी पाक्छ कसरी हातै नचल्दे पछी गोडा थरथर कांप्छ ठिंग उभिंदा को दिन्छ टेको अब ? यो दृष्टान्त झुलुक्क देख्छ मनले के भन्न बांकि छ र ।।