×
Sign Up Support

Member Login

Forgot password?
जीवनशैली

लक्ष्मी ठाकुर : एक प्रेरक उधमी

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 4 YEARS AGO 1554 views
Lifestyle Nilesh Manandhar

सन् १९९७ मा भारतको प्रख्यात शहर मुम्बई बाट करियरको शुरुवात गरेका लक्ष्मी ठाकुर हाल नेपालका प्रख्यात केश तथा सुन्दरता उधमी हुन् ।

 

मुम्बईमा सद्‌गुरु हेयरमा करिब ३ वर्ष काम गर्दाको अनुभवमा उनको यस व्यवसाय प्रतिको लगाव बढ्दै गर्दा ऐउटा तिक्ष्ण सोच र योजना उनको दिमागमा आयो । नेपालमा त्यो समयमा कपाल काट्ने र यससंग सम्बन्धित अन्य सेवाको खासै नाम र दाम थिएन । यो व्यवसाय प्रति सामाजिक दृष्टिकोण खासै उदार थिएन । तर लक्ष्मी ठाकुर आफुलाई मन पर्ने यो व्यवसायलाई नेपाली समाजमै एउटा उचाईमा पु¥याउन चहान्थे, त्यो सपनाले उनलाई सन् २००० तिर काठमाण्डौ ल्याई पु¥यायो ।

 

खासै पहिचान प्राप्त नगरेको कपाल काट्ने व्यवसायलाई सम्मान योग्य उचाइमा पु¥याउने लक्ष्मी ठाकुरको संघर्ष शुरु भयो । काठमाण्डौको ठमेल स्थित सोनिका होटलमा सोनिका शैलुन उनको Start Up थियो ।  यहां व्यवसाय गर्दा व्यवसायका अन्य विभिन्न प्रभागहरु चिन्न थाले लक्ष्मी ठाकुरले । काम गर्न आउंदैमा र सपना देख्दैमा व्यवसाय चल्दैन त्यसका लागि अथक प्रयास, व्यवस्थापनको जानकारी, असल नेतृत्वदायी चरित्रको विकास सबै अति आवश्यक हुने कुरा बुझ्न र आफ्नो व्यवहारमा उतार्न थालीसकेका थिए लक्ष्मी ठाकुरले ।

 

सन् २००० मा कुण्डलीनी हेल्थ क्लबमा कुण्डलीनी हेयर शैलुन खोले उनले । यहां उनले बुझिसकेका थिए, हांस्न नजान्नेले व्यवसाय गर्न जान्दैन । हरेक असफल प्रयासमा उनले सिक्दै गए । गल्ती र असफलतालाई आफ्नो पुंजी बनाउदै गए ।

 

हाल उनी एक नाम कहलिएका केश तथा सुन्दरता उधमका उधमी हुन् । पैसा कमाउन उनी पनि विदेश जान सक्थे तर सपनाले उनलाई रोकिराख्यो, गएनन विदेश । अहिले विभिन्न भेटघाट, समारोह तथा तालिमसंग सम्बन्धित विषयका लागि युरोप भ्रमणमा जान सक्ने भएका छन् लक्ष्मी ठाकुर ।  

 At Clarion Hotel & Congress Malmö, Sweden

काठमाण्डौको नाम चलेको सुपर मार्केट भाटभटेनीको कोटेश्वर, महाराजगंज र पुल्चोकमा उनको Hair and Beauty Studio हरु छन् । उनको Brand को नाम हो Laxmee Hair and Beauty Studio । उनका यि तिनैवटा Studio मा गरेर जम्मा जम्मी ८० जना युवा युवतीले रोजगार पाएका छन् । भनिन्छ नि लामो संघर्ष पछि प्राप्त सफलताले चरित्र निर्माण गर्छ । उनको नेतृत्वदायी चरित्रको असर उनका ग्राहकहरुको उज्यालो अनुहारमा देख्न सकिन्छ । कार्यरत प्रत्येक कर्मचारी उत्तिकै हौसलामा आफ्नो कार्यमा व्यस्त भेटिन्छन् ।  सन् २००७ मा लक्ष्मीले Laxmee Hair and Beauty Studio स्थापना गरेका थिए । हालसालै सन् २०१६ मा उनले आफ्नो नयां उत्पादन सम्बन्धी व्यवसाय शुरु गरेका छन् Laxmee Hair Herbal Pvt. Ltd.। जसले हाल जैविक (Organic) मेहेन्दी उत्पादन गर्दछ । यस प्रकारको उत्पादन नेपालमा पहिलो पटक हो ।

 

लक्ष्मी ठाकुरको जन्म मार्च २, १९७९ मा धनुषा जिल्लाको जनकपुरमा पिता गौरीशंकर ठाकुर र आमा रामदेवी ठाकुरको पहिलो सन्तानको रुपमा भएको हो । साढे एक वर्षको शिशु अवस्थामै आफ्नी आमा गुमाएका लक्ष्मी ठाकुर हजुरआमालाई आमाको रुपमा सम्झन्छन् ।

 

करियरको शुरुवात देखि नै विभिन्न तालिमहरु लिदैं आएका छन् लक्ष्मी ठाकुर । मुम्बईको जावेद हविव इन्स्टिच्युटमा सन् २००७ मा ६ महिनाको तालिम लिएका थिए । Toni & Guy इन्स्टिच्युटमा सन् २०१५ मा एक महिनाको तालिम लिए । व्यवसायिक सफलताका लागि अध्ययन र तालिम अत्यन्त आवश्यक रहेको लक्ष्मी ठाकुर बताउछन् ।

 

व्यवसायमा आफ्ना कर्मचारी र ग्राहकहरुको सन्तुष्टिलाई सर्वोपरी मान्ने लक्ष्मी ठाकुर विभिन्न आफनो व्यवसायसंग सम्बन्धित विभिन्न तालिम दिने तथा विभिन्न सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन् । उनी हरेक वर्ष देवघाट क्षेत्र विकास कमिटीमा सहयोगका लागि पुग्छन् । त्यहां अवस्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भेट्न पाउंदा अर्कै आनन्द प्राप्त हुने बताउछन्  उनी । धुर्मुस सुन्तली फाउण्डेसनमा पनि सहयोग गरेका छन् लक्ष्मीले ।

 

आफ्नो व्यवसायलाई कसैले कल्पना गर्न नसक्ने उचाईमा पु¥याएका लक्ष्मी ठाकुर जिवनको कठिन समयमानै मानिस बढि संयम र शान्त हुनुपर्ने बताउंछन् । दैनिकरुपमा विदेशीन बाध्य नेपाली युवाहरु सायद यस्तै कठिन समयमा संयम हुन नसकी पलायन भएका होउन । प्रत्येक युवाका लागि लक्ष्मी ठाकुर प्रेरणाका श्रोत हुन् । कपाल काट्ने पेसालाई व्यवसायिकताको यो उचाईमा पु¥याएका लक्ष्मी ठाकुरले अवसर खोजेरमात्र हुंदैन अवसरको सिर्जना आफैले गर्न सक्नुपर्छ भन्ने अति आवश्यक सन्देश दिएका छन् नेपालका प्रत्येक युवालाई । अवसरनै नभएको भनेर निराश हुने प्रत्येक नेपाली युवाले लक्ष्मीले गरेको अथक प्रयासबाट प्राप्त गरेको सफलताबाट पक्कै सिक्नुपर्छ ।