×
Sign Up Support

Member Login

Forgot password?
साहित्य

मुस्कुराउंदो इशारा - एउटा कथा

Anuj Waiba
Anuj Waiba 3 YEARS AGO 1674 views
Literature Photo By Manu Mangalassery From Pexels

म बिहान ७ बजे देखि ९:३० बजे सम्म एउटा Computer Institute मा पढाउने गर्थें, र १० बजे बाट म अर्को office मा full time काम गर्थें , एकदिन म class बाट फर्किदै गर्दा मेरो आँखा, म भन्दा ५-६ कदम अगाडि हिँडिरहेकी एक युवतिको bag मा पुग्छ , उनले बोकेको bag को chain खुल्लै थियो , मैले " excuse me ! हजुरको Bag को chain खुल्लै छ " भनेर परै बाट आवाज लगाएँ तर उनले प्रतिक्रिया देखाइनन् , मैले फेरि आवाज लगाएँ तर फेरि पनि उनले केही प्रतिक्रिया नदेखाएकाले म उनकै छेउमा गएर " हजुरको bag को chain खुल्लै छ ! कान नि सुन्नु हुन्न कि के हो ? " भनिदिएँ , र आफ्नो बाटो लागेँ ,

 

दुई पाइला नसर्दै त्यही युवतीले अचानक मेरो पाखुरा समाइन , उनले हातको इशाराले " के भयो ?? " भनेर संकेत गरे झैँ लाग्यो , मैले फेरि अलि झर्केर भने " तपाइँको bag के !! chain खुल्लै छ ! बन्द गर्नु भनेको तपाई आफ्नै ताल मा "


अब ...


उनले आफ्नो हात पहिला आफ्नो छातिमा राखिन , त्यसपछी मुखमा र कानमा लगेर हात दायाँ बायाँ हल्लाइन् " म स्तब्ध भएँ , मैले हत्त न पत्त उनलाई आफ्नो कान समातेर sorry भनेँ र उनको bag को chain लगाइदिएँ , उनले थाहा पाइन् , मैले के भन्न खोजेको रैछु भनेर .. उनले हँसिलो मुख बनाई छातीमा लागि दुई आफ्नो हात जोडिन र मलाई सायद thank you भनेकी होलिन् , र मैले पनि हात जोडेर उनलाई मन मनै welcome भनेँ र हामी आफ्नो बाटो लाग्यौँ , ....

 

दिन बित्दै थियो , म सँधै जसो class बाट मेरो अर्को office जाँदै थिएँ , म हतारमा थिएँ र छिटो छिटो हिँड्दै थिएँ , एक्कासी पछाडी बाट एकजना ले समाते जस्तो भयो , पछाडी फर्किएँ मेरो पछाडी अस्तिकै युवती , थकित मुद्रामा बल्ल बल्ल सास फेर्दै उनले मलाई हातको इशारा गर्दै " कति चाँडो हिँडेको " भनिन् , मलाई sign language आउँदैन थियो त्यसैले मैले phone मा type गरेर देखाएँ ,एकै छिन त्यसरी नै बोल्यौँ र एक अर्काको नाम र phone number साटासाट भयो , viber मा message गर्दा गर्दा हामी नजिकियौँ , घुम्न पनि गयौँ , communication गर्न अलि गाह्रो थियो तर बिस्तारै बानी पर्यो , र मलाई पनि उसको बानी पर्यो , हप्तामा एकदिन भेट्नै पर्ने, कतै घुम्न जानै पर्ने भैसकेको थियो , र बिस्तारै बिस्तारै त्यो मित्रता मायामा कहिले र कसरी परिवर्तन भयो , मैले चाल पाइन है ।

 

कतै भेट्न बोलाउँदा उ ढिलो आइदिने म कुरेर बस्दा बस्दा थाकिसकेको हुन्थेँ , उ आएर पछाडिबाट आँखा छोपिदिने अनि म रिसाको जस्तै गर्थेँ अनि उ इशाराले " तिमी रिसाएर बस्ने भए , म जाउँ iत ? " भन्थी र म हाँसिदिन्थे , अनि उ पनि मुस्कुराउँदै , मुख बङ्गाउँदै , मुख बिगार्दै मलाई जिस्काउँथी , म निराश हुँदा उ केही नभनी अङ्गालो मार्न आइदिन्थी ...जिन्दगिमा धेरै उतारचडव आए , परिवारले नस्विकार्ने हो कि ? वाला डर देखि लिएर समाजले काट्ने कुराको डर, मलाई धेरै याद आउँछ ती दिनहरुको , तर उ आज मसङ्ग जिस्किन , लड्न , झगडा गर्न सक्दिन , किनकी she is 8 months pregnant and we are having a baby ... भनिन्छ नि , The best and most beautiful things in the world cannot be seen , heard or even touched - they must be felt with the heart.... हजारौं वाचा दिने त कति आए कति गए तर केही नबोली पनि वाचा पूरा गर्ने , त्यो पो हो त असली जीवन साथी .....