×
Sign Up Support

Member Login

Forgot password?
समाज

हाम्रो सानो प्रयास अनि परिवर्तन

Rohan Maharjan
Rohan Maharjan 3 YEARS AGO 1098 views
Society Yagyalal Gyawali

“संसारमा सबैभन्दाअसह्यहो भोक, यो भोक खपेकाहरुलाई राम्ररी थाहा छ”

 

कोरोना महामारीका कारण विषेश गरि दैनिक ज्यालामजदुरी गर्नेहरु सबैभन्दा बढि प्रभावित भए । दिनभरि कडा ज्यालामजदुरी गर्दै आफु तथा आफ्ना परिवारको भोक मेटाउदै आएकाहरु यो महामारीले निम्त्याएको बन्दाबन्दिका कारण भोकको कहालि लाग्दो पिडालाई महसुस गर्न बाध्य भए । भोकको पिडाले मर्माहित भई असह्य भएका धेरै मध्ये केहिले त आत्महत्या गरेका खबरहरु राष्ट्रिय दैनिकहरु मा पनि प्रकाशित भए, ति खबरहरु निकै पिडादायी थिए ।

 

बन्दाबन्दी अर्थात लक डाउनका कारण ज्यालामजदुरी गर्नेहरु को आम्दानीको स्रोत ठप्प भयो । केहि समय सरसापट र क्रृणले भोक टारे पनि लामो लकडाउनले विचल्ली बनायो । भोकले छटपटी निम्त्यायो ।

 

भोकको पिडा र पिडितहरुको रोदन धेरै सहयोगी मनहरुले महसुस गरे । भोकाहरुको पिडालाई आफुले सकेको जति भएपनि कमगर्ने उद्देश्यले विभिन्न मनकारी मानिसहरुका समुह संगठित रुपमा अघि आउन थाले र धेरै भोकले छटपटिएकाहरुलाई निशुल्क खाना खुवाउन थाले । ति विभिन्न समुहहरु मध्येको एक हो “हाम्रो सानो प्रयास” ।

 

Read this: Utilizing Your Free Time Productively

 

रत्नपार्कमा दुइ छाक खानावितरण गर्दै “हाम्रो सानो प्रयास” ले धेरै भोकले छटपटिएकाहरुलाई राहत दियो । ति भोकाहरु अघाउदाको आनन्द ति मनकारी मनहरुले पक्कै महसुस गरे । काठमाण्डौको रत्नपार्कबाट भोकाहरुको भोक मेटाउन शुरु गरेका यि अभियन्ताहरुले पशुपति क्षेत्रका साथै चितवनसम्म पुगेर पनि खाना खुवाउन थाले । भोक लागेका तर आफै खानाकिनेर खान नसकेकालाई खाना खुवाउदा अनुभुत गरको अनुभवले यि मनहरुमा पक्कै पनि गहिरो छाप छोड्यो ।सायद यहि कारणले होला “हाम्रो सानो प्रयास” ले विगत २३० दिन देखि सातवटै प्रदेशमा निशुल्क खाना खुवाउदै आएको छ । यि मनकारी मनहरुको सेवाभावमा देखिएको उर्जा र लगनशिलता शुरुवाती दिन देखि हालसम्म अपरिवर्तित छ ।

 

निशुल्क खाना खुवाउदै आएको “हाम्रो सानो प्रयास” अहिले कपडा लगायतका सरसामान वितरण देखि शिक्षा तथा पिछडिएकाहरुको शशक्तिकरणमा पनि अग्रसर भईरहेको छ ।

 

भोकाहरुलाई खाना खुवाउदाको आनन्द सामान्य हुनै सक्दैन । यसले खानपाएकाहरु र खुवाउन पाएकाहरुलाई उत्तिकै परिवर्तन गरेको हुनुपर्छ । त्यही परिवर्तनका कारण “हाम्रो सानो प्रयास” का मनकारी मनहरु सेवामाअझै हौसिएका होउन । महामारीका कारण संसारमा आएका केहि राम्रा परिवर्तनहरुमा यो परिवर्तन पनि पक्कै पर्छ होला ।

 

कुनै पनि ठुला परिवर्तन त्यसै हुँदैनन् । यस्ता प्रयासहरुले समाजमा पारेको प्रभाव दिर्घकालिन हुन्छ । यस्तै प्रयासहरुका कारण सकारात्मक परिवर्तनको जग बस्ने गर्दछ । सेवाका लागि र परिवर्तनका लागि अरु कसैमा भर पर्नु पर्दैन । केवल मनको आवाज सुन्न जरुरी छ । समस्या कँहा हुँदैन सत्कर्मले समस्या समाधान गर्दै जानु पर्दछ । “हाम्रो सानो प्रयास” ले हामीलाई यहि सिकाएको छ ।

 

त्यसैले John Lewis बताउछन्, "If not us, then who? If not now, then when?"