×
Sign Up Support

Member Login

Forgot password?
साहित्य

उ आकाशको स्वतन्त्रता खोज्दै रहेछ र म धर्तीको

Mr.monk
Mr.monk 3 YEARS AGO 711 views
Literature Mr.monk

 

मेरा हरेक बिहान त्यही जिन्दगी तर दिन नयाँ,

उस्का हरेक बिहान उहि दिन तर जिन्दगी नयाँ,

उ फक्रि रहन्थ्यो, म जसरी लम्किन्थे।

उ चम्कि रहन्थ्यो, म जसरी रन्किन्थे।

फरक यतिमात्र थियो , 

उ आकाशको स्वतन्त्रता खोज्दै थियो र म धर्तीको।।

 

उ सबै बुझ्दछ तर मौन छ,

म सँग अपवादहरु छन् तर पनि म चिच्याउने गर्छु।

उस्ले जिवन हुर्काउँछ तर पनि उस्मा तलतल छैनन्,

म सधैं रित्याउछु तर पनि उकुसमुकुस।

खै! कस्तो छट्पटाहट।

फरक यतिमात्र थियो ,

उ आकाशको स्वतन्त्रता खोज्दै रहेछ र म धर्तीको।।

 

उ आफु जस्तै होला, जस्तो म आफुँ जस्तै छु,

उ जिवन बाच्दै होला, अभिनय त म रच्दै हुँ।

उस्को यात्रा लामो छ तर पनि उ सान्त छ,

मेरो यात्रा अनन्त छ तर म असान्त छु।

फरक यतिमात्र भयो,

उ आकाशको स्वतन्त्रता खोज्दै रह्यो र म धर्तीको।

उस्ले आकाशको शरण पाउने छ मैले धर्तीको।

उस्ले आकाशको अधिकार पाउने छ मैले धर्तीको।।