सडक बालकको दुःख
म को हुँ, कसको हुँ, थाहा छैन मलाई कहाँ जन्मे, कहाँ हुर्के, केही थाहा छैन घर छैन टुहुरो म सडकमै बस्छु सपनीमा चरा जस्तै माथि माथि उड्छु अरुले देको खानुपर्छ जुठो होस् वा चोखो -----
कसले जन्म दियो, म सडक बालकलाई ।
कहाँ छ मेरो घर, को हुन बाबाआमा
शान्ति, सुख छैन यो, बालकको मनमा ।
राम्रो लाउन, मिठो खान कहिलै पाको छैन ।
दिन रात सडकमा भौतारिन्छु खान
कसरी म पालौँ भन निष्ठुरी यो ज्यान ।
सिरक डस्ना कहाँ पाउनु बोरामा नै सुत्छु ।
ब्युँझेर हेर्दा फोहरको थुप्रोमा नै हुन्छु ।
मैले पनि पढ्न लेख्न पाउने कहिले होला
मन लाग्छ स्कुल जान बोकी काँधमा झोला ।
बुझ्ने कसले होला सडक बालकको दुःख
स्वार्थी जगत् चाहन्छ आफ्नो मात्र सुख ।
खान नपाए बस्नुपर्छ दिन रातै भोको ।
हकै हकको कुरा गर्छन दिनदिनै सरकार
कहिले पाउने होला सडक बालकले अधिकार ।प्यारा र उज्याला बालबालिकाहरु, तपाईहरु पनि यस स्वदेशसन्देश म्यागजिनमा आफ्ना रचनाहरु प्रकासित गर्न सक्नुहुनेछ, Sign Up गरि आफ्ना रचनाहरु अपलोड गर्नुस् है ।
जोसना अधिकारी
मूनलाईट एकाडेमी
कक्षा : ९
चन्द्रपुर, रौतहट