×
Sign Up Support

Member Login

Forgot password?
समाज

टर्किका एक दयालु डाक्टरका कारण एक शिरियाली शरणार्थी बालिकालाई नंया जिवन

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 918 views
Society

टर्किका एक दयालु डाक्टर जसले कृत्रिम खुट्टाको अभावमा तातो भुंईबाट बच्न टिन क्यान बांधेर जिउन विवश एक ८ वर्षे खुट्टारहित शिरियाली शरणार्थी बालिकालाई नंया जिवन दिएका छन् ।


सामाजिक संजालमा एक ८ वर्षे शिरियाली शरणार्थी बालिकाको कष्टपुर्ण यथार्थ सहितको तस्विर जव सार्वजनिक भयो, ति बालिकाको कष्टपुर्ण जिवनले विश्व भरिका दयालु मानिसहरुको मन दुखायो । उनी माथि संसारको ध्यान पर्न गयो । उनले नंया कृत्रिम खुट्टा पाएकि छन् ।


जन्ममै एक दुर्लभ रोगको सिकार बनेकि माया मेरहीको जन्मदै दुवै खुट्टा थिएनन् । उनको बुवा पनि सोहि लक्षणका सिकार हुन् । उनका पिताले मायालाई तातो र धुलाम्य जमिनबाट बचाउन टिनको बट्टालाई कृत्रिम खुट्टा बनाईदिएका थिए ।


मायाको परिवार आफ्नो थातथलोबाट भागेर शरणार्थीको रुपमा एल्लेलो आउन बाध्य हुनुपर्यो । उनको परिवार एल्लेलोमा आएपछि मात्र उनको मार्मिक यथार्थ सामाजिक संजालमार्फत संसार सामु आयो ।


उनको तस्विर र पिडा सामाजिक संजालमा देखेपछि टर्किका एक डाक्टर कृत्रिम अंग विशेषज्ञ, मेहमेत जेकी कुल्सु अगाडी आए । माया र उनका पितालाई टर्किको इस्तानबुल झिकाईयो । मायाले नंया कृत्रिम खुट्टा पाएकि छन् । डाक्टर मेहमेत जेकी कुल्सुले मायाको जिवन रक्षाको उपचार निशुल्क गरेका हुन् ।


"माया अहिले मुस्कुराउदै छिन्, उनी स्वस्थ छिन् र आफ्नो नंया खुट्टामा हिड्न सिकिरहेकि छन् " डाक्टर कुल्सुले अल्जजिरालाई बताए ।