×
Friday April 26, 2024
Sign Up Support

Member Login

Forgot password?
Science

उमेरको यो हद पार गरेपछि, आयु समान रहन्छ

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 1046 views
Science

तस्विर: Switzerland कि ११२ वर्ष बांचेकि Rosa Rein । अध्ययन अनुसार जिवनको अन्तिम वर्षमा उनको आयु समान रहको देखिन्थ्यो ।

कुनै महंगो औषधी बिनानै तपाई आफनो आयु समान राख्न सक्नुहुन्छ । १०५ वर्षको उमेर पुगेपछि तपाईको आयु समान रहन्छ अर्थात तपाईलाई थप बुढेसकालले छुदैन । नयां अध्यनका अनुसार यो उमेर हद पार गरेपछि बुढेसकालका कारण मृत्यु हुने संभावना बन्द हुने बताईएको छ ।

Neatherlands का Demographer Joop de Beer का अनुसार उक्त खोजमा प्रस्तुत गरिएका तथ्यांक निकै विश्वसनिय रहेका र ति तथ्यांक राम्रो क्रमबद्धतामा रहेका छन् । तर उक्त खोजमा प्रस्तुत गरिएका तथ्यांकको विश्वसनियतामा अमेरिकाको Illinois राज्यको सिकागो विश्वविध्यालयका Biodemographer, Leonid Gavrilov ले आशंका व्यक्त गरेका छन् ।


हामी वृद्ध हुंदै गएपछि हाम्रो मृत्युको संभावना बढ्दै जान्छ । ५० वर्षको उमेरमा प्रवेश गरेपछि मृत्युको संभावना ३० वर्षको उमेरमा भन्दा ३ गुणा बढि हुने गर्दछ । त्यसैगरि ६० र ७० वर्षको उमेरमा यो संभावना झन बढेर जाने गर्दछ । र १०० वर्षमा प्रवेश गरेपछि झन अर्को जन्मदिन सम्म पुग्ने संभावना केवल ६० प्रतिशत मात्र रहने गर्दछ ।


यस नयां खोजमा Italy को Sapienza University of Rome कि Demographer, Elisabetta Barbi र उनका सहकर्मीहरुले Italian National Institute of Statistics को तथ्यांकमा सन् २००९ देखि सन् २०१५ भित्र १०५ वर्ष उमेर पुगेका ३८३६ जनामा गरको खोजमा १०५ वर्ष र सो उमेर भन्दा माथिको उमेरपछि मृत्युको जोखिमको संभावना तुलनात्मक रुपमा घटेर गएको पाईएको हो । यसको अर्थ १०६ वर्ष उमेर पुगको व्यक्तिको १०७ वर्षको उमेर सम्म जिवित रहने संभावना र १११ वर्ष उमेर पुगको व्यक्तिको ११२ वर्षको उमेर सम्म जिवित रहने संभावना बराबर रहने गर्दछ, रिपोर्टमा उक्त टोलीले आफ्नो खोजलाई प्रस्ट पार्दै उल्लेख गरेका छ ।

स्रोत: मिचेल लेजली, साईन्स न्युज