×
Saturday June 21, 2025
Sign Up Support

Member Login

Forgot password?
Literature

हार्दिक श्रद्धान्जली !

Shiva P. Nepal
Shiva P. Nepal 6 YEARS AGO 1405 views
Literature Bikas Darai

रुमानी सपनामा यथार्थ भुलेर

तिलस्मी कथाको पात्रझैँ

काल्पनिकीमा उडान भर्दा

मैंले तिम्रा पागलपन बुझेरै

मौन असहमति जनाएँ,

तिमीलाई रोक्न खोजें

अहंकारले भरिएको तिमी

कुण्ठा र इर्ष्या दुवै नरोकिएपछि

म त संगै जान सकिन !

एउटा बिस्वासको कुरुसले

धेरै मिहनतले बुनेको नाता

हावा भरिएको बलून फ़ुटेसरि

तीखो चोटले चकनाचुर हुँदा

त्यसमा सवार तिम्रो त

दुर्घटना भयो नै

हाम्रो नाता पनि देहावसान भयो

तिमी र नाता दुबैलाई

हार्दिक श्रद्धान्जली !

हिमाली यात्रामा घुम्ती नआउदै

मिर्गत्रिश्णाले रन्थनिएर

तिमी सवार काल्पनिकीको

बायुपंखी घोडा

जोड जोडले मोडिएपछि

घोप्टेभिरबाट पछारिएको

तिमी र तिम्रो घोडा

मेरो आँखै अगाडी

लम्पसार पसारिएर पनि

निस्प्राण चकनाचुर छौ

मैले अरु केनै गर्न सक्छु र?

तिमी र तिम्रो बायुपंखी घोडा

दुबैलाई हार्दिक श्रद्धान्जली !!

मेरो संकेत मात्र

तिमीले बुझिदिएको भए

परसम्म जाने

बाटाहरु कति सीधा थिए

अझै धेरै अघि

तिम्रो अहंकारले

बाटै नचिन्ने बनाएपछि

बाटो नमोडिदै

तिमी त्यसरी मोडियौ

र त यस्तो दुर्घटना भयो

तिम्रो असामयिक देहावसान भयो

सायद अब तिम्रो घाटमा

मलामी त अरुनै हुनेछन

श्रद्धान्जली दिने अरु धेरै होलान

त्यसैले मेरो तर्फबाट

गर्न बाँकी एक कर्तव्य

मलामीको हक मेटाएपनि

तिमीलाई हार्दिक श्रद्धान्जली !

अल बिदा !!

 

 

रचनाकारको फेसबुक प्रोफाईलबाट

Similar Articles