×
Sign Up Support

Writer Login

Forgot password?
विचार

राजनीतिक नेतृत्वको लक्ष्य लोकप्रियता मात्र कि लोकहित पनि ?

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 2 WEEKS AGO
विचार Photo From Deccanherald

कुनै पनि राष्ट्रको विभिन्न पक्षहरुमा सबैभन्दा माथि राजनीतिक व्यवस्था नै हुन्छ, जसले सामाजिक, आर्थिक र न्यायिक पक्षहरुलाई नियन्त्रित र निर्देशित गरेको हुन्छ तर राजनीति आफैंमा यिनै पक्षहरुबाट नियन्त्रित हुने गर्दछ । सामाजिक परिवेशबाटै राजनीतिक नेतृत्वको प्रार्दुभाव हुने गर्दछ । त्यसैले त सबैभन्दा लोकप्रियलाई नेता बनाउने परिपाटी वा व्यवस्थालाई सर्वस्विकार्य मानिएको छ । लोकप्रिय यस सन्दर्भमा लोकहितकारी पनि हुनुपर्दछ । समाजले राजनीतिक नेतृत्वबाट सुख, समृद्धि र विकासको अपेक्षा गरेको हुन्छ । तर नेतृत्व छनौट गर्दा भने समाजमा विधमान परिवेशद्धारा सिर्जित चेतना महत्वपुर्ण हुने गर्दछ । त्यसैले भनिन्छ, कुनै पनि समाजले आफ्नो औकात अनुसारको राजनीतिक नेतृत्व प्राप्त गर्दछ । तर के परिवर्तन सम्भव छैन त ?

 

केहि दिन अघि मेरा एक मित्रले बताए, “चुनावमा मेरो आफन्तनै उठ्नुभएको थियो, त्यसैले अरु विकल्प त सोच्ने कुरै भएन नि” । सायद उनको यो कथनले उजागर गर्ने छनौटको सोचनै नेपालको वर्तमान राजनीतिक अवस्थाको लागि जिम्मेवार छ । नेपाली समाजले अझै पनि नेतृत्व छनौटमा पुरानै सोचलाई निर्णायक बनाएको पाइन्छ । नेतृत्व छनौटमा उम्मेदवारको क्षमतालाई भन्दा आफन्तवादलाई बढि महत्व दिएका काराण अहिलेसम्मकै सबैभन्दा परिस्कृत प्रजातान्त्रिक पद्धतीलाई नै अविश्वास गरिंदै छ र यस्तै परिघटनाहरुले हाम्रा सामाजिक व्यवस्थाहरुलाई निर्देशित गर्दा जताततै निराशा व्याप्त छ । के समाजका यस्ता कुरितीहरु सदैव रहिरहन्छन् ?

 

बेलायतका सार्वजनिक नीति विश्लेषक तथा इन्टरनेशनल रेस्क्यु कमिटीका कार्यकारी प्रमुख डेभिड मिलिब्यान्ड बताउछन्, “You have to believe that it's through politics that societies can lead social and economic and political change.” अर्थात यो विश्वास गरिनुपर्दछ कि राजनीतिले नै सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनको नेतृत्व गर्नुपर्दछ । यसको तात्पर्य नेपालको सन्दर्भमा के हो भने, राजनीतिक नेतृत्वमा पुगेकाहरुले बहुपक्षिय सकारात्मक परिवर्तनहरुको नेतृत्व गर्न सक्नु पर्दछ । तर नेपालको राजनीतिक नेतृत्वमा, Simon Sinek द्धारा लिखित चर्चित पुस्तकको शिर्षक Leaders eat last ले बताए जस्तो गुण एकदमै न्युन अथवा क्रृणात्मक जस्तो देखिन्छ ।

 

हाम्रा नेताहरुमा Insecurity Complex अर्थात असुरक्षित जटिलता (मानसिक रुपमा) हावी रहेको छ । यसको पछाडि सामाजीक कारणहरु हुन सक्दछन् । जस्तो कि वर्तमान नेताहरुको बाल्यवस्थामा वंहाका अभिभावकहरुले वंहाहरुको निर्णय तथा छनौट प्रकृयामा गरेको बलपुर्वक नियन्त्रण । यो नेपाली समाजमा देखिने सामान्य घटना हो । अहिलेका अभिभावकहरु समेत आफ्ना बालबालिकाहरुलाई कसरी स्वावलम्बी र आत्मविश्वासपुर्ण बनाउन सकिन्छ भन्ने जान्दैनन र बालबालिकाहरुको भविष्यका लागि यि गुणहरु कत्ति महत्वपुर्ण छन् भन्ने जान्दैनन् । बालबालिकाहरुमाथि गरिएका यस्ता नकारात्मक नियन्त्रणहरुका कारण तिनै बालबालिकाहरुले वयस्क अवस्थामा गर्ने निर्णय तथा छनौटका प्रकृयाहरुमा असर गरेको छ ।

 

कुनै निर्णय गर्न वा छनौट गर्न हामीे सो छनौट वा निर्णयसंग सम्बन्धित अन्य महत्वपुर्ण विषयवस्तुभन्दा पनि सबैभन्दा पहिले परिचय वा निकटता खोज्ने गर्दछौ । सामान्य रुपमा भन्दा हामीले चिनेकालाई सहजै विश्वास गर्छौ तर नचिनेकालाई विश्वास गर्न सक्दैनौ । हामी सामान्य छनौट वा निर्णयमा त नातावाद लागु गर्छौ झन राजनीतिक नेतृत्व छनौटमा टाढाका वा नचिनेकालाई भोट हाल्ने त प्रश्नै उठ्दैन । तर कुनै एउटा राम्रो उम्मेदवारलाई नजिकबाट चिन्ने आफन्तहरु कति हुन सक्छन् ? उसले आफ्नो क्षमता प्रमाणित गर्न जतिसुकै नियमसंगत प्रचार गरेपनि के हामी उसलाई सुन्न र विश्वास गर्न तयार छौं ? यदि छैनौ भने हामी कुन आधारमा नया उर्जावान नेतृत्व पाउने आशा गर्दैछौं ? विगत बाल्यकालको असर वर्तमानको समाजमा कहिले सम्म पर्न दिने ? निर्णय गर्ने र बुझ्ने प्रयास गर्ने जीम्मेवारी हाम्रै हो ।

 

विकसित समाज जंहा छनौट क्षमताका आधारमा गरिन्छ न कि चिनजान वा परिचयका आधारमा, त्यंहा भन्दा हरेक कोणबाट हामी धेरै पछाडी छौ । नजिकै बाट चिनेका वा आफन्त भनि विश्वास गरेकाबाटै सफल नेतृत्व प्राप्त हुने त होइन रहेछ नि । अब सोच्ने कि ?

 

यि पनि पढ्नुहोस्:

 

लक्ष्य साध्य हो, पैसा साधन मात्र

 

जिम्मेवार अभिभावकत्वस् बालबालिकाको सुन्दर भविष्यको आधार

 

धेरै जनताले जानेर, बुझेर वा अज्ञान भएर जसरी छनौट गरेपनि छनौट भएर आएका नेताहरु लेकप्रिय हुने दौडमा मात्र केन्द्रित हुनु भनेको ति सम्पुर्ण जनताहरुका विरुद्ध गरेको व्यापक झेल हो, धोखा हो । अज्ञानता कसैको रहर होइन, परिवेशले सिर्जना गरेको अवस्था हो । लोकप्रिय नेताले लोकहितका लागि लोकलाई दिशानिर्देश गर्नसक्नु पर्दछ । सामान्य जनतालाई कहिले कांही सहि र गलतको हेक्का नहुन सक्दछ, सहि गर्दा पनि कुनै नेताले साथ नपाउन सक्दछ तर आंट गरेर भरोसा दिलाउने जिम्मेवारी पनि नेताले लिन सक्नुपर्दछ । नेताहरुमा केहि विशेष गुण पक्कै हुनुपर्दछ । नेताहरुले आफ्नो बाल्यावस्था वा सामाजिक परिवेशलाई दोष दिएर आफ्नो जीम्मेवारीबाट पन्छिन मिल्दैन ।

 

समाजले पनि यो बुझ्न जरुरी छ कि व्यक्तिगत सहयोग, नातागोता, सम्बन्धका विभिन्न आयामहरुप्रतिका कृतज्ञता नेतृत्व छनौटलाई प्रभावमा पार्ने कारकहरु बन्नुहुदैन । यस्तो हुनु भनेको भावी सन्तान र राष्ट्रको भविष्यप्रति समाजले देखाएको चरम लापरबाही हो ।

 

 

Similar Articles

लक्ष्य साध्य हो, पैसा साधन मात्र

लक्ष्य साध्य हो, पैसा साधन मात्र

प्रसंग केहि दिन अघि एक जना भाई केहि जिज्ञासा लिई मलाई भेट्न आएका थिए । आम्दानीका ला...

3 WEEKS AGO
Impactful Appraisal: Living in a Judgmental Society  

Impactful Appraisal: Living in a Judgmental Society  

Einstein once said, “Everybody is a genius. But if you judge a fish by its ability to climb a tree, it will live its whole life believing that it is stupid.” I believe it is the time to reflect upon it as so ...

1 MONTH AGO
Foreign investors commercialized European Football Insignificantly!

Foreign investors commercialized European Football Insignificantly!

Football is the most iconic sport followed all around the world. Millions of people have sentimental as well as recreational attachment with this omnipresent sport. Specially, European football has an enormous influence ...

1 MONTH AGO
Discernment of Merit Based World !

Discernment of Merit Based World !

Meritocracy, a term that came into existence about only 60 years ago, seems to have taken the world by storm. We now more than ever believe in its vision, in which power and privilege would be allocated by individual mer...

1 MONTH AGO
सामाजिक विकासको अवधारणा: सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार

सामाजिक विकासको अवधारणा: सफल, सभ्य र असल राष्ट्र निर्माणको आधार

हामी आफ्नो दैनिक जीवनको कति भाग विकास सम्बन्धी गुनासाहरु अथवा सुखी जीवनका अपेक्षा...

1 MONTH AGO