×
Saturday June 21, 2025
Sign Up Support

Member Login

Forgot password?
Literature

नेपाल नै स्वर्ग हो ।

Shiva P. Nepal
Shiva P. Nepal 6 YEARS AGO 1570 views
Literature Ankur Mourya

यो शीला जग हो हिमाल मनको आनन्दको स्वर्ग हो

खोला, ताल मिलेर बग्छ सरिता नेपाल भूस्वर्ग हो ।

हावापानि मनै रमाउछ झनै गर्मि न जाडो अति

ती डाँडा हरिया तरु लहरका उद्यानका उत्पति

 

आमाको पसिना बसाइ मगमग् आहा ! मनै लोभियो

तिम्रो पाउ समाइ गर्व म गरौं नेपाल नै स्वर्ग हो ।

अर्काे स्वर्ग हुदैन साथि सुन है जो जन्मियौ क्यै पर

ज्युँदै स्वर्ग सजाउने मन भए नेपालमै होस् घर

 

दानी छन् अति नै पहाडतिरका, सोझा हिमाली झन

ज्ञानी ती जति छन् तराइतिरका चौपट्ट मिल्ने मन

जाती धर्म मिलेर निर्मित यहाँ संयुक्त मान्छे सबै

काँ मिल्ला अब लौ समाज भन है नेपालजस्तो कतै ?

 

मानौं  छैन यहाँ दरीद्र दिलको नेता सबै मासियो

यो नेपाल अवश्य स्वर्गभुमि हो भन्ने कुरा साँचो हो  ।

यो भूमी तपको महर्षि जनको सीता र भृकूटिको

जन्मे बुद्ध यहीं, भुले शिव पनि नेपाल नै स्वर्ग हो ।।

 

Similar Articles