×
Friday April 19, 2024
Sign Up Support

Member Login

Forgot password?
Perception

उज्यालो भविष्यका लागि सामाजिक विभेदको अन्त्य

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 5 YEARS AGO 1108 views
Perception Sameer Bhattarai

नयां सोच र प्रगतीशिल चिन्तन, कर्ता भन्दा कर्मको सम्मान गर्ने परिपाटीमा मात्र सम्भव हुन्छ । सोचको स्वच्छता र स्वतन्त्रतामा विषयहरुमाथिको चर्चाले सकारात्मक निचोडलाई उजागर गर्दछ । कर्ताको जन्मसिद्ध अवस्थितीलाई केन्द्रमा राखी उसको मुल्यांकन गर्ने रुढीवादी मानसिकताको बाहुल्यता भएको समाज पिछडीएको हुन्छ । बच्चाहरुको सिक्ने स्वतन्त्रता र उनीहरुको जिज्ञासको प्रेमपुर्वक समाधान बालबिकासको प्रमुख कडि हो । जंहा सानाले ठुलालाई गलत हुंदा पनि औंल्याउन सक्दैनन त्यंहा मानसिक दासता र पिछौटेपन हावी हुन्छ । त्यस्ता समाजमा सोच र कर्म भन्दा कर्ता प्रधान हुन्छन् र त्यस्तो समाज हरेक पक्षबिचको मानसिक अन्तरद्धन्द्धमा फसेको हुन्छ ।

नेपालमा अहिलेपनि त्यस्ता पिछडिएका सोचबाट ग्रसित मानसिकता भएका तर आफुलाई ठालु ठान्ने व्यक्तिहरुले विकास तर्फ र नंया सोच तर्फ अगाडि बढिरहेको हाम्रो समाजलाई प्रदुषित बनाउन दुष्प्रयास गरिरहेका देखिन्छन् । तसर्थ यस्ता विकृत सोच जंहा छुवाछुत, जातभात, ठुला र साना जात, मधेसी, पहाडी आदि जन्मसिद्ध परिचयका आधारमा भेदभाव गरिन्छ, त्यस्ता सोच वा सोच राख्ने व्यक्तिहरु संगको दुरी आवश्यक छ । त्यस्ता सोचसंगको दुरि र असंलग्नताले त्यस्ता सोचहरु आफै विलय हुनेछन् ।

नेपालमा विद्यमान दुख, उत्पिडन र विकासको यस्तो अवस्था यिनै रुढीवादी सोचका कारण भएको हो । सत्य वा असत्यको खण्डन तर्कबाट मात्र संभव छ । अन्धाधुन सहमती र पिछौटेपनाले हावी हाम्रो जिवन व्यतित गर्ने सामान्य परिपाटी जिम्मेवार हो हाम्रो वर्तमान कष्ट भोगाईको ।


पहिला हाम्रा अस्वतन्त्र परिस्थिती जिम्मेवार थिए हाम्रा संकिर्ण सोचका लागि तर अब त्यस्तो परिस्थिती छैन । सर्वप्रथम स्विकारोक्ति आवश्यक छ कि ति सोचहरु गलत हुन् भनेर । जात, धर्म, कर्म, सम्पत्तिका आधारमा कोहि सानो ठुलो या उच निच हुदैन । यस्ता सोचहरुको व्यापकता अत्यावश्यक छ विकासका लागि । वास्तवमा सोच र कल्पनानै मानिसका प्रमुख औजारहरु हुन समाजमा विकास र सभ्यताको मुल फुटाउन । रुढीवादी सोचसंगको दुरी, नंया एवं प्रेममय सोच र सवैको सम्मान गर्ने व्यवहारको अवलम्बन पछि मात्र हामीले चाहेको सुन्दर समाजको निर्माण सम्भव छ ।