×
Friday April 19, 2024
Sign Up Support

Member Login

Forgot password?
Society

कुनै पनि राष्ट्रको महानता र त्यसको नैतिक विकास त्यो राष्ट्रमा जनावरलाई गरिने व्यवहारबाट आंकलन गर्न सकिन्छ

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 4 YEARS AGO 1666 views
Society Chris F From Pexels

महात्मा गान्धीले भनेका थिए, “कुनै पनि राष्ट्रको महानता र त्यसको नैतिक विकास त्यो राष्ट्रमा जनावरलाई गरिने व्यवहारबाट आंकलन गर्न सकिन्छ” । सामाजिक संजालमा हाल एउटा भिडियो, “This video may show violent or graphic content” को पुर्व सुचना जुन हृदयविदारक र भयानक दृश्य सहितका सामग्रीका लागि प्रयोग गर्ने गर्दछन् Facebook लगायतका सामाजिक संजालहरुले भाइरल बनेको छ । दिक्तेल बजार त्रिवेणी चोकमा खिचिएको भनिएको त्यो भिडियोमा एउटा हरियो रङको container भएको ट्रकमा सायद मृत अवस्थामा केहि कुकुरहरु छन्, सोही दृश्यमा एकजना मान्छेले एउटा ठुलो लाठोले त्यो अवोध र बोलेर आफ्नो पिडा पोख्न नसक्ने पशुलाई निर्मम तरिकाले हिर्काउदै मार्न उद्धत देखिए र सायद मारे मैले पुरा भिडियो हेर्न सकिन र एक किसिमको लज्जा बोध गरे मान्छे भएको मा । “मान्छे, संसारको सबैभन्दा बुद्धिमान र संवेदनशिल प्राणी” यस्ता घटनाहरुका कारण यो वाक्यको प्रयोग अथवा बुझाई बोझिलो लाग्न थालेको छ ।


पृथ्वीको फोक्सो मानिएको अमेजन जंगलमा आगो लगाउने मानिस । रासायनिक, पारमाणविक, प्लाष्टिक लगायतका कैंयौ प्रदुषणले जल, थल अझै वायुमण्डल र अन्तरिक्ष समेतलाई प्रदुषित बनाउने पनि मानिस र यि सबैको पछाडि मात्र एउटा कारण हुन सक्छ, “लोभपुर्ण सुविधा” । मात्र यै एउटा मुलभुत कारणका लागि कैंयौं किसिमको प्रदुषणलाई निम्त्याएर सारा जिवित प्राणीको वासस्थानलाई बांच्नै नसक्ने बनाउदै छ मानवले । आफ्नो गांउ ठांउलाई असुरक्षित र प्रदुषित बनाएको आरोपमा सायद त्यो कुकुर मारिएको हुन सक्छ, त्यसरी निर्मम ढंगले मान्छे बाट । यदि पृथ्वीमा मानवभन्दा बढि चलाख कुनै प्राणी हुंदो हो त तिनले यत्रो प्रदुषण मच्याएको आरोपमा संपुर्ण मानव जातीलाई के सजाय दिन्थे होला ? सायद त्यो कुकुरको ठाउमा तपाई, म, हाम्रा अभिभावक वा हाम्रा बालबच्चा कोइ हुन्थ्यौ होला ।


Great Thunberg, स्विडेनकी १६ बर्षे पर्यावरण कर्मी केहि समय अघि युरोपियन युनियनका नेताहरुमाझ पर्यावरणको दुर्दशा र भयानक दरमा लुप्त भईरहेका जिवहरुका बारेमा बोल्दा बोल्दै भक्कानो फुटेर रोइन । उनले रुदै आफ्ना नेताहरुलाई यो संसार मानव संतती लयायत अन्य जीवहरुका लागि सुरक्षित राख्न चेतावनी मिश्रीत अनुरोध गरिन् । 


के मानव सभ्यता पतन उन्मुख भएकै हो ? हाम्रा महत्वकांक्षाहरु मंगलग्रह सम्म त पुगे तर सायद हामी पृथ्वी र यसको जीवन्तता लाई विर्सदै छौं । पृथ्वी एउटा जीवित प्रणाली हो जंहा मानवलाई सबैभन्दा संवेदनशिल र बुद्धिमान बन्ने उर्जा प्राप्त भयो तर आज हामीले त्यो सृजनालाई विर्सेर आविष्कार र खोजमा आफ्नो प्राणी हुनुको औचित्य विर्सदै छौ । सायद यसै कारण झनै खोक्रो र निरास बन्दै छौं । यो विश्वभरि सर्वमान्य अवस्था हो । सबैभन्दा धेरै खोक्रा र निरास हुनेहरुमा अमेरिकीहरु छन् । यदि आविष्कार र खोजले सुख ल्याउदो हो त गांउमा सामान्य जीवन बिताउदै छाक टार्ने किसान हांस्न जान्दैनथ्यो होला ।


यो आलेख पढ्दा धेरैलाई लाग्दो हो, मासु खान हुने अनि कुकुर मार्दा के भो त ? के एउटा हिंस्रक मानविय व्यवहारलाई अर्को त्यस्तै व्यवहारले नजरअन्दाज गर्न मिल्छ ? हरेक राष्ट्रमा मासु खानकै लागि र यस्तै घटनाका कारण कैंयांै प्राणीहरु जसलाई हामी जस्तै चोट लाग्छ, दुख्छ, पिडा हुन्छ ति सबै भयानक मानविय हिंसाको प्रकोप भोग्न बाध्य छन् ।


दुर्घटनामा हाम्रा कोई आफन्तको मृत्यु हुंदा हामी कती र्ममाहत हुन्छौं, हात्ती, गैंडाका बच्चा अगाडी तिनका आमाहरु, बुवाहरुलाई मार्दा कस्तो हुन्छ होला ? हामी ति अवोध जनावरका संवेदनालाई बुझ्न सक्दैनौं । अनि हामीले नबुझ्दैमा ति संवदेना संवेदना होइनन् र ?