×
Friday April 19, 2024
Sign Up Support

Member Login

Forgot password?
Lifestyle

कोरोना को बेला खानपीन र रहनसहन

Anu Mourya
Anu Mourya 3 YEARS AGO 1817 views
Lifestyle

 

विश्वभरी कोरोना भाइरस कोभिड-१९महामारीको रुपमा फैलिरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन | सबैजनामा यो रोगले एक किसिमको त्रासदीपुर्ण वातावरणको सिर्जना गरेको देखिन्छ तर अहिलेको समयमा यसबाट त्रषित हुनुभन्दा यो रोग फैलिन नदिने एबं रोग लागिसकेको खण्डमा यो रोगसंग लड्न सक्ने शक्तिको बिकाश गर्नु जरुरी देखिन्छ |

 

यहाँ हामी खानपिन एबं रहनसहनले कसरि आफ्नो रोग प्रतिरोधात्मक शक्तिको बिकाश गर्न सक्छौ भन्ने चर्चा गर्नेछौ |

 

कोरोनासंग लड्ने शक्तिको बिकाश गर्नु अगाडी हामीले दुइ कुराको ध्यान दिनुपर्छ |

 

  • कोरोनाले दिर्घकालिन असर फोक्सोमा पर्दछ |
  • रोग प्रतिरोधात्मक शक्ति बलियो भएमा मान्छेमा यसको असर न्युन हुन्छ |

 

प्रथमतः यो समयमा हामीले हाम्रो फोक्सोको बिशेष ध्यान दिनु पर्छ जसका लागि

 

  • नियमित श्वासप्रस्वास सम्बन्धि अभ्याश वा योगा गर्ने |
  • धुम्रपान तथा मध्यपान नगर्ने |
  • अक्सिजनको मात्रा पूर्तिको लागि प्रयाप्त पानी (मनतातो ) पिउने |
  • सन्तुलित भोजन सेवन गर्ने |

 

यो पनि हेर्नुहोस: लकडाउनले यहि सिकाउदै छ

 

अब रोग प्रतिरोधात्मक शक्ति बिकाश गर्न हामी निम्न कुरामा ध्यान दिनुपर्छ

 

  • व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने , नियमित नुहाउने , हातखुट्टा धुने ,दैनिक प्रयोग हुने कपडा सफा प्रयोग गर्ने साथसाथै दैनिक प्रयोजनमा ,भान्छामा प्रयोग हुने रुमाल, तन्ना तथा अन्य वस्तुपनि सफा मात्र प्रयोग गर्ने | घर तथा घरवरपर सफा सुग्घर राख्ने |

 

  • भिटामिनहरुको काम शरीरको रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्नु हो | बिशेषगरि भिटामिन ‘ए’ भिटामिन ‘सि’ भिटामिन ‘डी’ र भिटामिन ‘इ’ ले शरीरको प्रतिरोधात्मक शक्ति बिकास गर्दछ | भिटामिन ‘ए’को लागि हरियो सागसब्जी ,पहेलो फलफूल भिटामिन ‘सि’को लागि सैट्रिक ग्रुपका फलफूल जस्तै सुन्तला ,मौसमी ,कागती भिटामिन ‘डी’ को लागि घाममा बस्ने च्याउ,चिज ,अन्डाको पहेलो भाग को सेवन गर्न सकिन्छ भने  भिटामिन ‘इ’को लागि एभोकाडो,सूर्यमुखीफुलको बिउ ,पालुंगो, बदाम ,काजु ,पिस्ता,किवी ,आँप जस्ता खानेकुरा प्रशस्त खानुपर्छ |

  • एन्टीऑक्सीड्यंतले शरीरको आन्तरिक कोषको  नकारात्मक असर शरीरमा पर्नबाट जोगाउनुका साथै रोगसंग लड्ने क्षमता पनि वृद्धि गर्दछ यसका लागि ओखर ,बेसार,लसुन ,प्याज ,ग्रिन टि,टमाटर,ब्रोकाउली,किवी ,गाजर बढी मात्रामा सेवन गर्नुपर्छ |

 

  • रगतमा हुने रक्तकोषहरुले पनि शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्धत गर्दछन रगतमा यस्ता कोषको उचित उत्पादनका निम्ति अनार, चुकन्दर ,टमाटर ,राजमा ,कागती,काजु आदि खानेकुरा प्रशस्त खानु पर्छ |

 

यी बाहेक बेला बेलामा तातोपानी पिउने , चियाको सट्टा बेसार अदुवा हालेर पनि पिउने गर्नुपर्छ | सबैकिसिमका हरिया तरकारीहरु सकेसम्म केहीबेर नुनपानीमा डुबाएर मात्र सेवन गर्ने गर्नुपर्दछ | समय समयमा खाइरहने, दैनिक रुपमा फलफुल सेवन गर्ने अनि दैनिक कम्तिमा ३० मिनेट कुनै शारीरिक ब्यायाम गरेर प्रयाप्त पानीको सेवन गर्नाले धेरै हदसम्म प्राकृतिक रुपमै आफुसंग भैरहेको रोग प्रतिरोधात्मक शक्ति बिकाश गरि कोरोना जस्ता भाइरसजन्य रोगसंग लड्न सकिन्छ |

 

-----

अनु मौर्य

पोषणविद