×
Friday July 19, 2024
Sign Up Support

Member Login

Forgot password?
Society

कोभिड महामारी, आकसिएको स्वास्थ्य शुल्क अनि डा. गोविन्द केसी

Ankur Chhipi Mourya
Ankur Chhipi Mourya 3 YEARS AGO 1242 views
Society Human Rights Watch

केहि दिन अघि लायन्स क्लबका विष्णु खड्काले साह्रै दिक्दार मान्दै र दुखी हुँदै आफुले भोगेको एक घटनाका बारेमा बताए । २०७७ चैत्र १५ गते कोभिड परिक्षणमा पोजिटिभ देखिएका उनका नजिकका एक आफन्त तुल्सीराम कँडेल बेहोस भएर लडेपछि उनलाई चैत्र २९ गते मण्डिखाटार ह्याम्स अस्पताल लगियो । खबर पाएपछि विष्णु हतारिएर अस्पताल पुगे । अस्पताल पुग्दा अस्पतालको आकस्मिक शाखामा उनलाई सिपिआर (कार्डियो पल्मोनरी रिसस्सिटेसन)  दिईरहेको थियो । ४५ मिनेट सिपिआर गरिसकेपछि बिरामीलाई भेन्टिलेटरमा राख्नका लागि लगियो । त्यसपछि बिरामीका आफन्तलाई २ लाख रुपैंया जम्मा गर्नका लागि भनियो । रकम जम्मा भईसकेपछि डाक्टरहरुले बिरामीको बाँच्ने संभावना एकदमै कम भएको जानकारी गराए ।

 

भेन्टिलेटरमा औषधी चलाईरहेको देखेका विष्णुले सम्बन्धीत डाक्टरलाई बिरामीको शरिरले औषधीलाई रेस्पोन्ड गरेको छ वा छैन भनेर सोधे । डाक्टरले बिरामीको शरिरले औषधीलाई रेस्पोन्ड नगरेको बताए । विष्णुको बुझाईमा अक्सिजनको मात्रा एकदमै कम भएको र औषधीलाई प्रतिक्रिया नगरेको अवस्थामा केहि घण्टामै विरामीलाई मृत घोषणा गरिनुपर्दछ, जुन सामान्यतया सरकारी अस्पतालमा गर्ने गरिन्छ । विष्णुले उक्त अस्पतालका मालिकको नजिकका एक परिचित डाक्टरलाई आवश्यक सहयोग र स्थिती बुझिदिनका लागि अनुरोध गरे । उनले उक्त विषयमा आफुले हस्तक्षेप गर्न नसक्ने बताए तर बिरामी भने मरिसकेको जानकारी गराए । उक्त जानकारी पाए पछि विष्णु लास निकाल्नका लागि हतार हतार अस्पताल पुगे । अस्पतालमा भने डाक्टरहरुले भोलि विहानसम्म हेरौं भनेर सबै कुरुवाहरुलाई वँहाहरु बस्न नपर्ने जानकारी गराएर घर पठाएको रहेछ । विष्णुले आइसियुका इन्चार्जसंग कुरा गर्न खोज्दा कुरा गर्न पाएनन् । केहि नलागेपछि विष्णु घर फर्किए र डाक्टरहरुले बताए अनुसार भोलीपल्ट सबै जना डाक्टरहरुको राउन्ड सकिएपछि लास बुझ्ने प्रतिक्षामा बसिरहे । राउन्ड सकिदा समेत लास नबुझेपछि विष्णुले आक्रोशलाई नियन्त्रणमा राख्दै इन्चार्जलाई सोधे, “तपाईहरुले मरिसकेको मान्छेलाई अझै मृत किन घोषणा नगर्नु भएको ?” त्यसपछि बल्ल ति इन्चार्जले मृत घोषणा गर्ने प्रक्रिया भईरहेको बताइन । अस्पताल व्यवस्थापनले १२ बजेपछि फेरि अर्को दिनको समेत शुल्क लिने थाहा पाएपछि कुनै पनि हालतमा उक्त पैसा नतिर्ने र तत्काल लास बुझाउने प्रक्रिया शुरु गर्न भनेपछि बल्ल मृत शरिरलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने प्रक्रिया शुरु गरे । विरामीलाई भेन्टिलेटरमा शुरुमा राख्दा अक्सिजनको लेभल र पल्स रेट जति थियो झिक्दा पनि त्यति नै भएको विष्णुले विचार गरेका थिए । केहि बेरमा परिवारलाई पैसा तिरेर आउन भनियो । जम्मा बुझाउनु पर्ने शुल्क रु. १,९०,००० थियो । २४ घण्टा राखेको हस्पिटल चार्ज रु. १,००,००० र औषधीको रु. ९०,००० । औषधीलाई रेस्पोन्ड नगर्दा पनि औषधीको शुल्क ९०,००० तिनुप¥यो उनीहरुले ।

 

कोभिड महामारीमा बिष्णु खड्काको भोगाई | Watch the Video:

 

 

विष्णुले बताए “मेडिकल काउन्सिलले सिपिआर गरेको २४ घण्टासम्म निरिक्षणमा राख्न पाउने उल्लेख गरेको छ । तर यँहा त हामीले लगातार दबाब नदिएको भए अझ कति दिनको शुल्क तिर्नुपथ्र्यो त्यो भन्नै सकिन्न । यहि अस्पतालमा कोरोनाको उपचारका लागि आउनुभएका मेरा अर्का एक परिचित दाई कुनै पनि सुधार नआई २२ औं दिनमा मृत घोषित गरिए । उनको परिवारले रु. ३३ लाख बुझाए ” । 

 

यसरी लास माथि अस्पतालले गरेको व्यापार देख्दा महसुस गरेको आक्रोश, पिडा, र लाचारिता असह्य र मृत्युभन्दा पनि कहालिलाग्दो भएको बताउछन् विष्णु । मृतकका आफन्तको भोगाई र पिडा त सायद शब्दमा लेख्नै सकिदैन । 

 

हालसालै जेष्ठ ९ गते आइतबार काठमाण्डौ मेडिकल कलेज, सिनामंगलले एउटा सुचना प्रकाशित गरी कोभिड १९ का बिरामीलाई प्रति दिन १० देखि ३० हजार रुपैंया शुल्क लाग्ने जनायो । ह्याम्स हस्पिटलले पनि कोभिड १९ का बिरामीलाई प्रति दिन ७ देखि ५० हजार रुपैंयासम्म शुल्क लाग्ने सुचना प्रकाशित ग¥यो ।

 

 

 


ओम साइबाबा मेमोरियल हस्पिटलले हालसालै कोभिड १९ का बिरामी शिव नारायण चौधरीलाई जेनरल वार्डमा १० दिन राखेको शुल्क १,४७,५०० रुपैया लियो ।  

 

नँया बजार, काठमाण्डौमा भाडामा बस्ने उनको परिवारले क्रृण लिएर अस्पतालको शुल्क ति¥यो । नेप्लिज भोइसमा प्रकाशित खबरमा तराई हस्पिटल एण्ड रिसर्च सेन्टरले बिरामीहरुलाई डिस्चार्ज शुल्क लिइरहेको छ । त्यसैगरी विरगंजकै स्पर्श हस्पिटलले औषधी बाहेक स्याम जलानलाई एक हप्ताको उपचार शुल्क २,१५,००० असुल गरेको छ । यि केहि प्रतिनिधी घटनाहरु मात्र हुन् । 

 

सरकारी अस्पतालमा बेड छैन । निजी अस्पतालहरुमा भएकाहरुलाई यसरी लुटिदैछ, निम्न र मध्यम वर्गिय जनताहरुको पहुँच भन्दा त निजी अस्पतालहरु धेरै टाढा छन् ।

 

बैशाष २२ गते मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्याधिक शुल्क लिइरहेका नीजि अस्पताललाई महामारीको यस्तो विकराल स्थितीमा सहयोग गर्नु पर्ने अपेक्षा राख्दै त्यसो नगरी गलत गरेमा कार्वाही गर्ने चेतावनी सहितको पत्रमार्फत ध्यानाकर्षण गराएको थियो । माथि उल्लेखित घटनाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पत्रपछि भएका केहि प्रतिनिधि घटनाहरु हुन् । यसले तथाकथित मेडिकल माफियाहरु वर्तमान सरकारका संयन्त्रहरु भन्दा निकै शक्तिशाली भएको तथ्य उजागर गरेको छ । 

 

 

 


स्वास्थ्य संकटकाल घोषणाका लागि चौतर्फी आवाज उठेपनि सरकारका तर्फबाट भने हुन सकेन । स्वास्थ्य संकटकालमा निजी अस्पतालका स्रोतहरुलाई पनि देश र जनताको हितका लागि सरकारले प्रयोग गर्न सक्छ । अहिलेको अवस्थामा देश र जनताको हितमा स्वास्थ्य संकटकाल भएपनि नीजी अस्पतालका संचालकहरुको हितमा नभएका कारण पनि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न नसकेको हुन सक्छ । मेडिकल माफिया र सरकारको बागडोर सम्हालेकाहरुकै बिचको निकटताका विषयमा विभिन्न समाचारहरु बेला बेला आइरहन्छन् । 

 


अब आम जनताले अझै कति सहने ? सामान्य जनताको सहनशिलताको पनि एउटा सिमा त पक्कै हुन्छ । सामान्य जनताको सहनशिलताको बाँध टुटेपछि त्यसबाट पैदा हुने शक्तिले जस्तो सुकै परिवर्तन ल्याउन सक्छ । त्यो परिवर्तन त्यति मात्र टाढा छ जब एक आम जनताले अर्को आम जनताको पिडालाई पनि आफुलाई पनि पर्न सक्ने पिडाको रुपमा देख्न सक्नेछ । प्रतिनिधित्वको अपेक्षा सरकार र स्थानिय प्रतिनिधीबाट भएको त पक्कै हो तर ति पनि विभिन्न लोभ र लालसमा परिवर्तनको नेतृत्व गर्न पाउने अवसरबाट चुक्दै छन् ।

 

 
जनताको हितमा र मेडिकल माफियाहरुको विरुद्धमा लड्नेहरुमा अग्रपंक्तिमा रहेका डा. केसीको आन्दोलनलाई पराजित गर्न सम्पुर्ण व्यवस्थानै प्रयोगमा ल्याईएका छन् । डा. केसीलाई पराजित सोच्नेहरु वा देख्नेहरुले उनको आत्मा देख्न सक्दैनन् । अदम्य सहासले भरिएको सच्चा योद्धा जसको विजय आज वा भोलीको वास्तविकता हो । उनको समर्थनमा बेला बेला ओर्लिने जनलहरहरुरु प्रत्येक पटक बढिरहेका छन् । परिवर्तनका लागि उनले सल्काएको आगोले आफ्नो आकार विस्तारै लिइरहेका छ । परिवर्तन अवस्यंभावी छ । मात्र समयको कुरा हो ।