नेपाल हेरी मरौं ।
युवाका सपना फुलेर धरती फल्नेछ कैले यहाँ ? माटोमा पसिना छरेर एक दिन् झुल्नेछ मोती जहाँ । आमाका विपना अझै पनि यहाँ बाँजो छ धर्ती भने छौ सन्तान तिमी महान वलिया के हेरि बस्छौ तनि ? उठ्ला धर्ति उसै तिमी बसिदिए अल्छी उदासी बनी ? उठ्ला के कसरी हिमाल सहजै तिम्ले नथामे पछि ? सूर्यका जसरी फिजाउ तिमिले तेजस्वि रश्मी यहाँ हुंकारीकन ल्याउनू समयको नौलो चिनारी यहाँ । मेरा झिल्टुङ या जिलीङ अथवा तिम्रा पनौतीमुनि कुद्ला रेल विहानको मिरमिरे व्यूँझीनु मात्रै तिमी आँखामा सपना लिएर मनमा संकल्प निर्माणको हे यूवा ! अब उठ्नु पर्छ तिमि नै बेला छ कल्याणको । थोत्रा नीति, विचार च्याति तिमिले नौलो गति ल्याउनू बाधा, अड्चन जे अघिल्तिर भए ढालेर नी आउनू हामीमा छ अदम्य शाहस पनी संस्कार नी जण्ड छ यो हाम्रो धरती विशाल जग हो सम्भाव्य प्रचण्ड छ । को लोभिन्न यहाँ नदी, वन, चरा, सोलू र मुस्ताङमा ? आफ्नै भेष, कला, कथा, सोरठी वा भैलीनि प्रस्थानमा दासी भै परदेशका चउरमा ढल्काइ त्यो जोवन च्याङ्वा वा महिचा सुरम्य सपना फर्काउ तिम्रा मन । के छाट्नू गफ देश खत्तम भयो आफै नअट्ने भए ? को टाल्ला घरको पिढी महकिए आफै नबस्ने भए ? आऊ हे नवयौवना सकल हो होष्टे र हैसे गरांै आमाको अनुहार उज्जल भए नेपाल हेरी मरौं !