यात्रा अनि भविष्यको यर्थातताबाट मेरो कल्पनाको दुरी
फेसबुकमा: २० डिसेम्बर २०१७ आज बिहानै मेरो नियमित कार्यका बिच एक जना Peggy नाम गरेकि एक वृद्ध अमेरिकी महिलासंग केहि आत्मिय कुरा पनि बांड्ने मौका मिल्यो । मैले म एउटा असाध्यै सुन्दर राष्ट्र नेपालबाट भएको बताउने बित्तिकै उनले नेपालको भर्खरै सकिएको आम निर्वाचनमा वाम गठबन्धनले निकै मत ल्याएको भन्ने कुरा गरेर नेपालका विषयमा गहन रुची र जानकारी भएको प्रस्ट्याइन । निकै प्रफुल्लित बनायो त्यो वार्तालापले । - अंकुर मौर्य
अहिले यो लेखिरहदा म नेपाल यातायात चढेर अनामनगरबाट भर्खरै बालुवाटारस्थित मेरो Rented Apartment मा आइपुगेको छु । नेपाल यातायात हतारमा आइरहेको थियो म अनामनगरको नेपाल यातायातको बिसौनी तिरै आउदै गर्दा, अलिकति दौडिए अनि भेट्याए त्यो बस । धेरै यात्रुहरु ओर्लिए अनि म चढे । केहि पर आएर पुतलीसडक निर पुगेपछि सिटमा बस्ने मौका पाए । म पछाडि रहेको अन्तिम लहरको सबैभन्दा कुनाको सिट, जुन म बसेको सिटको ठ्याक्कै पछाडि थियो । त्यहां एक पाको उमेरका राम्रा देखिने व्यक्ति सदाबहार हिन्दी गीतहरु गुनगुनाइरहेका थिए, कसैको परवाह नगरी आफ्नो लागि रमाईला पल बिताईरहेका तिनलाई देख्दा म निकै रमाईलो महसुस गरिरहेको थिए । यात्राको त्यो सुनौलो पल, घर पुगेर फेरि जिन्दगीका हिसाब किताब र मोल तोल अगाडिको पल, सायद यस्तै स्वतन्त्रता र नितान्त व्यक्तिगत महत्व महसुस गरिरहेका हुन ति सभ्य र पवित्र मन भएका राम्रा मानिस । मैले कल्पना गरे, उनलाई साथ दिंदै म गुनगुनाउ र विस्तारै बस भित्रका अन्य यात्रुहरु पनि, दिनभरिका सबै थकानहरु बिर्सिन्थ्यौं होला हामी सबैले र सार्वजनिक यातायातको यात्रा यत्ति रमाईलो र आत्मिय हुंदो हो । सायद अबको नेपालको भविष्यको यर्थातताबाट मेरो कल्पना नजिक छ ।।